प्रचण्ड र गृहमन्त्री बस्नेत विरुद्ध अख्तियारले अनुसन्धान
थाल्यो
============================================
काठमाडौँ, १ पुस, भूकम्पपीडितको नाममा आफ्ना
नातेदारलाई चीन शयर गराएको बारेमा अख्तियार दुरुपयोग
अनुसन्धान आयोगले एकीकृत नेकपा माओवादीका अध्यक्ष
पुष्पकमल दाहाल 'प्रचण्ड' र गृहमन्त्री शक्तिबहादुर
बस्नेतविरुद्ध
अनुसन्धान थालेको छ । अख्तियार उच्च स्रोतले दिएको
जानकारी अनुसार सो सम्बन्धी फाइल गृह मन्त्रालयले
मंगलबार अख्तियार पठाएको छ । अख्तियार स्रोतले भन्यो
– 'हामीले यसमा गम्भीर भएर अनुसन्धान थालेका छौँ ।
सम्बन्धित फाइल पठाउन निर्देशन दिएका थियौँ । मंगलबार
साँझ गृह मन्त्रालयले सो फाइल पठाएको छ' ।
गृहमन्त्री बस्नेतले ३ दिनअघि भूकम्पपीडितको
नाममा आएको कोटामा आफ्नी छोरी, एमाओवादी
अध्यक्ष प्रचण्डकी नातिनी,
नातागोता तथा माओवादी पार्टीका अन्य नेताका
आफन्तहरुलाई चीन पठाउनु भएको
थियो । गएको विनाशकारी भूकम्पबाटक्षतिग्रस्त भएका
जिल्लाका युवाहरुलाई चीन भ्रमण गर्न कोटा आएकामा
गृहमन्त्री बस्नेतले
आफ्नी छोरीहरु संगम र बबितालाई पार्नु भएको आजको
नेपाल समाचारपत्रले लेखेको छ ।
यसैगरी एमाओवादी अध्यक्ष दाहालकी नातिनीहरु
स्मिता प्रधान, दृष्टि केसी,
सन्ध्या केसी र प्रतिमा पाठकलाई पनि चीन जाने
टोलीमा पारिएको थियो । एमाओवादी
नेतृ अन्जना विसंखेकी छोरी स्वस्तिका र जाजरकोट
पार्टी कार्यकर्ता ललित बुढाकी
पत्नी लक्ष्मी पनि चीन जाने टोलीमा पर्नु भएको छ । सो
टोलीमा मन्त्रीकी पत्नी
सत्या पहाडीका फूपुका छोरा सूर्य गुरुङकी पत्नी पनि
रहेको बताइएको छ ।
चीन सरकारले नेपालमा गएको भूकम्पबाट पीडित क्षेत्रका
युवाहरुलाई खुन्मिन र छेन्दु
क्षेत्रको भ्रमण गराउन नेपाल सरकारलाई निम्तो दिएको
थियो ।
Home »
राष्ट्रिय समचार
,
national news
» प्रचण्ड र गृहमन्त्री बस्नेत विरुद्ध अख्तियारले अनुसन्धान
थाल्यो
प्रचण्ड र गृहमन्त्री बस्नेत विरुद्ध अख्तियारले अनुसन्धान थाल्यो
Posted by Diyu poudel
Posted on 1:05 am
with No comments
लेबल:
राष्ट्रिय समचार,
national news
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें