Home » » राष्ट्रपति फर्केपछि जानकी मन्दिरमा पेट्रोल बम प्रहार

राष्ट्रपति फर्केपछि जानकी मन्दिरमा पेट्रोल बम प्रहार


राष्ट्रपति फर्केपछि जानकी मन्दिरमा पेट्रोल बम प्रहार
====================================
मनिका झा |पौष १ बुधवार , जनकपुर : राष्ट्रपति विद्या
भण्डारी विवाह पञ्चमीका अवसरमा जनकपुरस्थित
जानकी मन्दिरमा दर्शन गरेर फर्केपछि मन्दिर परिसरमा
पेट्रोल बम प्रहार भएको छ ।
सेनाको कडा सुरक्षाबीच मन्दिरमा दर्शन गरेर राष्ट्रपति
भण्डारी फर्केलगत्तै मधेसी मोर्चाका कार्यकर्ताहरुले
मन्दिर परिसरमा ढुंगामुढा र पेट्रोल बम हानेका हुन् ।
मोर्चा कार्यकर्ताले मन्दिरको भित्रीभागमा पनि
ढुंगामुढा गरेपछि त्यहाँ छिरेका दर्शनार्थी, सञ्चारकर्मी र
पूजारीसमेत थुनिएका छन् ।
मोर्चाका कार्यकर्ताहरुले राष्ट्रपतिलार्इ जानकी
मन्दिरमा दर्शन गराएको भन्दै त्यहाँका महन्थलार्इ आक्रमण
गर्न खोजेपछि झडप भएको हो ।
सुरक्षामा खटिएका प्रहरी, सशस्त्र प्रहरीले स्थितिलार्इ
नियन्त्रणमा लिन सात सेलबढी अश्रुग्यास हानिसकेको छ ।
फोटो :फाइल फोटो

Share this video :

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

 
Support : Copyright © 2013. Gaubeshikhabar - All Rights Reserved