Diyu poudel को प्रेरणात्मक फोटोहरु:-
दांत दुखेको छ ?? अपनाउनुहोस यी उपायहरु
दांत दुखेको छ ?? अपनाउनुहोस यी
उपायहरु
--------------
दांत राम्ररी सफा नगर्नाले, बिहान बेलुका दिनहु राम्रो संग
ब्रस नगर्नाले हामीले खाएको खानेकुराहरुको टुक्राहरू
दाँतको कुनामा रहन्छ |
धेरै समय सम्म यसरि रहदा त्यहि कुहिन्छ, यसरि कुहिदा दात
मा किरा लाग्ने गर्दछा साथै दात को जरा खुकुलो हुन्छ र दात दुख्ने
गर्दछ |
त्यसैले बिहान बेलुका वा खान खाएपछि दिन को २ पटक राम्रोसंग दात
ब्रस गर्ने गर्नु पर्दछ तर यदि तपाइको दात दुखिसकेको छ भने तल
दिइएको कुनै उपाय अपनाउन सक्नु हुन्छ जसले गर्दा तपाइँ लाइ
निक्कै राहत मिल्नेछ |
लसुनको एक कोस्रा थोरै बिरे नुन (आयुर्वेदिक पशल मा पाइन्छ) संग
पिसेर (पिधेर) दुखेको दात मा राम्रो संग थिचेर राख्यो भने दातको दुखाई
हराउछ |
दिनहु एक कोस्रा लसुन खाने राम्ररी चपाएर खाने गर्नाले
दात को दुखाई बाट छुटकारा मिल्छ |
यदी दांत किराले खाएको छ र दुखेको छ भने किराले खाएर
दुखेको भागमा अलिकति हिङ राख्दा दांतको दुखाई धेरै हद सम्म कम
हुन्छ |
खैनी धेरै खायो भने मुखमा घाउ हुने र ओठ कालो हुने
जस्ता समस्या हरु देखा पर्छन तर अलिकति खैनी संग
नुन राखेर पिसेर दिनहु दांत ब्रस गर्नाले दांत को दुखाई बाट
मुक्ति मिल्छ |
दांत दुख्दा तातो पनि को थैलीले सेक्दा पनि निक्कै राहत
मिल्दछ |
प्याज लाइ कुटेर किराले खाएको दांतमा राख्यो भने पनि दुखाई कम हुन्छ
|
ल्वाङ को तेलमा कपास भिजाउनु होस् र किरा लागेको दांतमा राख्नु
भयो भने पनि दुखाई कम हुन्छ |
दांत दुख्ने व्यक्तिहरुले दिनमा ३-४ पटक ल्वाङ मुखमा राखेर
चुस्दा फाइदा हुन्छ |
पुदिनाको पात लाइ पिधेर किरा लागेको दांतमा मा राख्नाले दुखाइ धेरै कम
हुन्छ |
हिङ र कागती मिलाई पेस्ट बने दांत ब्रस गर्नाले पनि धेरै
फाइदा हुन्छ |
____________________________________
ज्ञान बाँड्नु सबैभन्दा ठूलो धर्म हो त्यसैले सबैले लाइक तथा शेयर
गर्न नभुल्नुहोला !!
विहान उठ्दा स्वास गनाउने समाधानका १० टिप्सहरु:-
विहान उठ्दा स्वास गनाउने समस्या समाधानका १०
उपाय
विज्ञानले विहान स्वास गनाउने समस्यालाई ‘ह्यालिटोसिस’ ( Halitosis)
भन्छ। दाँत सफा नगर्ने बानीले गर्दा, सुत्ने तरिका नमिल्दा अनि
केही खानेकुराह खाँदा विहान स्वास गनाउने गर्दछ। राति सुत्दा
मुख सुक्खा भयो भने पनि स्वास गनाउने गर्दछ। हुन त दुर्गन्धित स्वास
हुनुका कारणहरू थुप्रै छन्, तर त्यी समस्यालाई समाधान गर्ने
तरिकाहरू पनि पक्कै थुप्रै छन्।
तीमध्येकै केहि सम्भव तरिकाहरू यसप्रकार रहेका छन्-
१. सुत्नुभन्दा अगाडि दाँत माझ्ने बानी बसाल्नुहोस्-
दाँतको सरसफाइमा उचित ध्यान दिनुभयो भने, स्वास गनाउने समस्याको त
समाधान हुन्छ त्यसको साथसाथै विभिन्न दन्तरोगहरूबाट पनि बच्न सकिन्छ।
बहान उठेपछि तथा सुत्नुभन्दा अगाडि दाँत माझ्दा बिहानीपख
स्वास गनाउने समस्या कम हुँदै जान्छ।
२. दिनमा एकचोटि जीब्रो सफा गर्नुहोस्-
विहान उठ्दा स्वास गनाइराखेको छ भने तपाईँको जीब्रोमा बाक्लो
सेतो लेउ लागेको हुन सक्छ। यस्तो लेउमा स्वासलाई दुर्गन्धित बनाउने
ब्याक्टेरियाहरू जम्मा भएर बसेका हुन्छन्। त्यसैले दाँत माझेपछि नरम
ब्रसले जीब्रोलाई हलुका सफा गर्ने बानी
बसाल्नुहोस्। जीब्रो सफा गर्दा बढी बल प्रयोग
गर्नुभयो भने, जीब्रोका टेस्ट बड ( Taste bud ) हरूमा क्षति
पुगि स्वादको पहिचान गर्न कठिनाइ हुन सक्छ।
३. नुन पानीले मुख कुल्ला गर्नुहोस्-
अल्कोहलको मात्रा भएका मुख कुल्ला गर्ने तरल पदार्थहरूले मुखलाई झन्
बढी सुक्खा गराउँदछ। त्यसैले मुख कुल्ला गर्दा घरेलु उपाय
अपनाउन पनि सकिन्छ। त्यसको लागि १ गिलास मनतातो पानीमा
आधा चम्चा नुन राखेर घोल्नुहोस् र त्यस पानीले मुख कुल्ला
गर्नुहोस्। त्यसो गरेमा स्वासलाई दुर्गन्धित बनाउने ब्याक्टेरियाहरू मर्दछ।
औषधी पसलमा अल्कोहल नमिसाइएको माउथवासहरू पनि
पाइन्छन्, त्यसको प्रयोग गर्न पनि सक्नुहुन्छ। यसरी मुख
कुल्ला गर्दा रातभरी मुखमा जम्मा भएर बसेका ब्याक्टेरियाहरू
हट्छन् र स्वास गनाउने समस्यामा कमी हुँदै जान्छ।
४. सुत्ने बानीलाई सुधार्नुहोस्-
राती सुत्दा घुर्नुभयो अथवा मुख खुल्ला गरेर सुत्नुभयो भने गह्रौँ
स्वास फेर्नुपर्ने हुन्छ, जसले गर्दा विहान स्वास गनाउन सक्छ। त्यसैले
सुत्ने बानीमा सुधार ल्याउनु जरुरी हुन्छ। त्यसको
लागि उत्तानो परेर सुत्नुभन्दा कोल्टे परेर सुत्नु उचित हुन्छ, र सुत्दा मुखको
सट्टा नाकले सास फेर्ने बानी बसाल्नुहोस्।
५. सुत्नुभन्दा अगाडि नाकबाट सास फेर्ने बानी गर्नुहोस्-
सुत्नुभन्दा अगाडि एउटा कुरा सम्झिनुहोस्, “नाक सास फेर्नको लागि हो र मुख
खानको लागि हो!” केहि दिनसम्म सुत्नुभन्दा पहिले नाकले स्वास फेर्ने
अभ्यास गर्नुहोस्, अनि सुत्दा पनि मुख बन्द गर्नुहोस् र नाकले नै स्वास
फेर्नुहोस्।
६. सुत्नुभन्दा अगाडि १ गिलास पानी पिउनुहोस्–
राति सुत्दा शरीरमा पानीको कमी हुन गयो
भने पनि मुख सुक्खा हुने गर्दछ, जसले विहानमा दुर्गन्धित सास
निम्त्याउँदछ। त्यसैले दिनमा पनि कम्तीमा ८ गिलास
पानी पिउनुपर्ने हुन्छ र राति सुत्नुभन्दा अगाडि पनि १ गिलास
पानी जरुर पिउनुहोस्। १ गिलास दूध पिउँदा पनि दुर्गन्धित सासमा
कमी आउँदछ।
७. ताजा फलफूल तथा साजसब्जिहरू खानुहोस्-
ताजा र प्रशस्त पानी पाइने फलफूल, जस्तै गाँजर, काँक्रो, स्याउ,
आदि दैनिक खानुभयो भने पनि सास गनाउने समस्यामा कमी हुन्छ।
धेरै बोसो तथा चिल्लो भएका खानेकुराहरू नखाँदैमा उचित हुन्छ। त्यसले गर्दा
मुखमा किटोन्स ( ketones ) नामक रसायन जम्मा हुन्छ, जसले एकदमै
दुर्गन्धित सास पैदा गराउँदछ। त्यसैले यस्ता खानेकुराहरू खानुभन्दा पहिले
विचार पुर्याउनु जरुरी हुन्छ।
८. लसुन, प्याँज र पीरो खानेकुराहरू नखानुहोस्-
सबैलाई थाहा भएकै कुरा हो कि, प्याँज खाएपछि कत्तिको सास गनाउँछ भनेर!
हुन त प्याँज खानु स्वास्थ्यको लागि राम्रै कुरा हो, तर नराम्रो सासबाट मुक्त
हुन चाहनुहुन्छ भने यस्ता खानेकुराहरू नखाँदै उचित हुन्छ। नियमित रूपमा
लसुन, प्याँज सेवन गर्ने मानिसहरूको सास मात्रै होइन, पुरै
शरीरबाट नै दुर्गन्ध आउने गर्दछ।
९. गुलियो खानेकुरामा कमी गर्नुहोस्-
धेरै गुलियो खानेकुराहरू खाएपछि मुखमा केहि कणहरू बाँकी
हुन्छ, जुन पछि गएर दुर्गन्धको श्रोत बन्न जान्छ। त्यस्ता कणहरूमा
ब्याक्टेरिया पनि छिट्टै नै आकर्षित हुने गर्दछ। ती
ब्याक्टेरियाहरू एसिडमा परिणत हुन्छन् र दाँत कुहिने, दाँत खिइने तथा सास
गनाउने जस्ता विभिन्न समस्याहरू देखा पर्दछ। त्यसैले गुलियो खानेकुराहरू
खइसकेपछि पानीले मुख कुल्ला गर्न नबिर्सनुहोला।
१०. चिकित्सकको सल्लाह लिनुहोस्-
जुनसुकै उपायहरू अपनाउँदा पनि तपाईँको सास गनाउन छोडेन भने त्यो सामान्य
अवस्था पक्कै पनि होइन। त्यस्तो अवस्थामा तुरुन्त चिकित्सकको सल्लाह
लिनु आवश्यक हुन्छ। कम्तीमा पनि वर्षको एकचोटि सबैजनाले
दन्त चिकित्सकसँग आफ्नो दाँतको जाँच गराउनु आवश्यक हुन्छ। त्यसो गरेमा
तपाईँको दाँतमा तपाईँले थाहा नपाउने गरि आउने समस्याको पनि तुरुन्तै पहिचान
हुन्छ र अझ बढी समस्या आउनबाट बच्न सकिन्छ।
साप्ताहिक राशिफल वि.स.२०७२ पौष १२ गते देखि -पौष १८ सम्म
साप्ताहिक राशिफल, वि.सं. २०७२ पौष १२ गतेदेखि
वि.सं.२०७२ पौष १८ गतेसम्म
=============================================
=======
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
यस साताको प्रारम्भमा विदेश वा प्रवासमा
बसेर कामधन्दा र व्यवसाय गर्नेहरूले राम्रो लाभ
प्राप्त गर्नसक्छन् । तर घरमा बस्नेले अनावश्यक
दौडधुप गर्नु पर्नेछ । काममा
किसिमकिसिमका चुनौती देखा पर्नेछन् । नयाँ
काममा हात हाल्नु श्रेयस्कर हुँदैन । बुधबारपछि
अध्ययन, अध्यापन र लेखनकार्यमा उच्च सफलता
प्राप्त हुने छ । व्यावहारिक र प्राविधिक
काममा विशेष सफलता प्राप्त हुने छ । बौद्धिक
क्रियाकलापप्रति झुकाव बढ्ने छ । भाइबहिनी
र छोराछोरीले सहयोग गर्नेछन् । शुक्रबारपछि
प्रतिस्पर्धीहरूले औंला ठड्याउने अवसर पाउने छन्
। कुनै कुराले विचलित गराउनुका साथै अरुले
गरेभनेका कुरामा चित्त नबुझ्न सक्छ, संयमता
अपनाउनु बेस हुनेछ । विलासिता र मनोरञ्जनका
लागि समय र धन खर्च हुनसक्छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
यस साताको प्रारम्भमा धार्मिक,
सामाजिक काम वा परोपकारका क्षेत्रमा
समय र धन खर्च गर्ने समय आएको छ । उपहार
पुरस्कार आदि मिल्नेछ । नयाँ काम गर्ने सोच
बनाउनु भएको छ भने त्यसका लागि अनुकूल समय
आएको छ । बुधबारपछि घरायसी कामधन्दा र
पारिवारिक आवश्यकता पूर्तिका लागि खट्नु
पर्ने छ । छरछिमेकमा कसैसँग व्यर्थमा
वादविवाद हुनसक्छ । प्रेमसम्बन्ध र रतिरागका
कारण निराशा भोग्नु पर्ने छ । सन्तानपक्षको
मायामा कमी आउने छ । शुक्रबारपछि कल्पना र
भावुकतामा रमाउँदा रमाउँदै समय गएको पत्तो
पाउनुहुन्न । स्वास्थ्यमा देखापरेका समस्या
निराकरण हुनेछन् । जोसँग जतिबेला बोले पनि
बडो विचार पुर्याएर मात्रै बोल्नु राम्रो हुनेछ ।
छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
यस साताको प्रारम्भमा व्यवसायिक क्षेत्रमा
बोलीको कदर हुने समय हो । वाणि र
व्यवहारप्रति विपरीतलिङ्गीको आकर्षण
बढ्नेछ, जोस र जाँगर बढ्नेछ । धातुको
कारोवारबाट धेरथोर लाभ मिल्नेछ । भौतिक
सम्पत्तिको जोहो हुनसक्छ । बुधबारपछि
सामाजिक काममा संलग्न हुनुपर्ला । धार्मिक
वा सामाजिक सेवाका काममा प्रशंसित हुने
अवसर प्राप्त हुनेछ । दाजुभाइ वा नजिकका
मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने
देखिन्छ । समय मध्यम खालको छ । शुक्रबारपछि
घरगृहस्थीमा धेरै समय खर्चनु पर्नेछ । वैदेशिक
रोजगारी गर्नेेहरूले घरायसी कुरा सम्झेर समय
बिताउने छन् । आकस्मिक रूपमा स्वास्थ्यमा
समस्या आउनसक्छ । छोराछोरीको स्वास्थ्य
एवं पढाइप्रति जिम्मेवारी बोध हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
यस साताको प्रारम्भमा महत्वाकाङ्क्षा र
इच्छाहरू पूर्ण हुनेछन् । लाभदायक वस्तुको
किनमेल र कारोबार गरिने छ । लामो दूरीको
लाभदायक यात्राको सम्भावना छ । घरायसी
वातावरण पनि पक्षमा रहनेछ । समग्रतामा
राम्रो परिणाम प्राप्त हुनेछ । बुधबारपछि
सम्पति प्राप्त गर्ने सम्भावना छ ।
पारिवारिक जीवन संतोषप्रद हुनेछ । साझेदार
वा सहयोगीको सङ्गतले लाभ प्राप्त हुने
सम्भावना छ । व्यस्त समयचर्या कायम हुनेछ ।
परदेश वा विदेशबाट राम्रो समाचार प्राप्त
हुनेछ । शुक्रबारपछि कृषिकार्यतिर मन जानेछ ।
प्रयाससाध्य समय छ धैर्य गर्नुहोला ।
साथीहरूसित मनोरञ्जनको अवसर जुर्नेछ ।
आत्मविश्वासमा अभिबृद्धि हुनेछ । व्यापार
गर्नेले पनि सोचेजस्तै लाभ लिन सक्नेछन् ।
आर्थिक लगानी हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
यस साताको प्रारम्भमा शरीरमा आलस्य र
थकानको अनुभव हुनेछ । यतिबेला तपार्इंलाई नै
भनेर कुनै ठूलो सहयोग सद्भाव मिल्न कठिन छ ।
विचार गरेर काम गर्नुहोला । मनमा अशान्ति र
छटपटी व्याप्त हुनेछ, खर्चको मात्रा बढ्न सक्छ
। बुधबारपछि क्रोध, प्रतिशोध, रिसराग र
उत्तेजना माथि नियन्त्रण गर्नु राम्रो हुनेछ ।
नियमित तथा दैनिक कामधन्धा र व्यवसायबाट
राम्रो फाइदा हुनेछ । गुमेको वा सापटीमा
गएको धन फिर्ता आउनेछ । बौद्धिक र
प्राज्ञिक क्षेत्रमा समेत राम्रो छ ।
शुक्रबारपछि उत्साहवर्द्धक समय छ । कतै
रमाइलो यात्रामा निस्कन सक्नुहुन्छ ।
आतिथ्यपूर्ण सम्मान र मिठो भोजनको
प्राप्ति हुनेछ । व्यवसाय र पेसाबाट राम्रै
प्रतिफल प्राप्त हुनेछ, चिताएभन्दा बढी
कमाउने योग छ । समय राम्रो छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
यस साताको प्रारम्भमा बन्धुबान्धव र
दाजुभाइले तपाईंका कामधन्धामा सहयोग
पुर्याउने छन् । अपूरा कार्य पूर्ण हुनेछन् ।
धार्मिक तथा आध्यात्मिक क्षेत्रतर्फको
काममा सहभागी बन्नु पर्नेछ र त्यस पाटोका
काममा प्रशंसित हुने अवसर प्राप्त हुनेछ ।
बुधबारपछि खर्चको मात्रा ह्वात्तै बढ्नसक्छ ।
प्रशासनिक झैझमेला वा आरोप व्यहोर्नु पर्ने
हुनसक्छ । प्रेम सम्बन्धमा तिक्तता आउने योग छ
। तपार्इंले भने जस्तो काम सम्पन्न हुन कठिन छ ।
लामो दूरीको यात्रा हानीकारक बन्नसक्छ ।
शुक्रबारपछि संयमता र धैर्यतालाई त्याग्नुहुँदैन ।
कुनै पनि नयाँ काम थाल्नु राम्रो हुनेछ,
व्यवहारिक फाइदा पुग्नेछ । उपलब्धीमूलक
यात्रा हुने योग छ । घरायसी मामिलामा समय
समय नसक्नाले केही केही धमिलोपन आउन सक्छ
।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
यस साताको प्रारम्भमा व्यवसायिक र
सामाजिक सम्बन्ध सुदृढ हुनेछ, चिन्तनमूलक काम
र अध्ययन, अध्यापन एवं लेखनका क्षेत्रमा बाधा
छ । प्रेमसम्बन्ध र दाम्पत्य जीवनका लागि समय
निकाल्न नसक्नाले थोरै तनावको सामना
गर्नुपर्ने छ । बुधबारपछि साथीभाइ र
नातेदारबाट उपयोगी सल्लाह र सहयोग प्राप्त
हुनेछ । शारीरिक प्रतिस्पर्धाका कामतिर मन
जानेछ । यतिबेलाको समय विगतका
कमीकमजोरी सम्झने समय होइन ।
राज्यपक्षबाट लाभ प्राप्त हुनेछ । शुक्रबारपछि
सुखी जीवन व्यतीत गर्न मन लालायित हुनेछ ।
भोगविलास र शृङ्गारिक सामाग्री खरिद गर्न
धन खर्च हुनेछ । अभिभावक वर्गसँगको सम्बन्धमा
तिक्तता आउन सक्छ । घुमघाम र मनोरञ्जनका
क्रममा निराशा भोग्नु पर्छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)–
यस साताको प्रारम्भमा लामो दूरीको
यात्रामा निस्कन वा यातायातको साधन
किन्न अनुकूल छ । धार्मिक तथा सामाजिक
कार्यमा महत्वपूर्ण भुमिका रहनेछ । टाढा
रहेका आफन्तजनको उन्नति र प्रगतिको
समाचार सुन्न पाउनु हुनेछ । बुधबारपछि
विभिन्न जिम्मेवारी निर्वाह गर्नुका साथै
दौडधूप गर्नु पर्नेछ । यात्रा रमाइलो हुनेछ ।
स्वास्थ्यमा अचानक सानो समस्या देखिन
सक्छ, तर डराइहाल्नु पर्दैन । आफन्तहरूबाट
भनेजस्तो सहयोग नपाइएला, तर काममा बाधा
हुनेछैन । शुक्रबारपछि भेटघाट र मनोरञ्जनमा
समय व्यतीत हुनेछ । छोराछोरीको स्वास्थ्य एवं
पढाइप्रति जिम्मेवारी बोध हुनेछ । समाजमा
बुद्धिको प्रशंसा हुनेछ । घरपरिवार र
नातेदारमा सुमधुर सम्बन्ध कायम हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
यस साताको प्रारम्भमा गर्नु नपर्ने कामबाट
जोगिने बेला हो, छोटो दूरीको निरर्थक
यात्रा हुने योग छ । गुप्त र मानसिक रोगले
सताउन सक्छ । गर्न बाँकी काम पनि केही
समयका लागि थाती राख्नु नै बेस हुनेछ । हरबखत
सजग एवं सचेत भई कार्य गर्नु होला । बुधबारपछि
जीवनसाथी वा बालबच्चासँग कुराकानी गरी
व्यवहारिक जानकारी लिनु असल हुनेछ ।
आफूमुनिका नातेदार वा बालबच्चासित
राम्रो व्यवहार गर्नुहोला । इष्टमित्रको
शुभकामना प्राप्त गर्न सकेमा शुभफल प्राप्त
हुनेछ । शुक्रबारपछि पशुपालक र दुग्धव्यवसायमा
संलग्नहरूले मनग्ये लाभ प्राप्त गर्नेछन् । विशिष्ट
व्यक्तिको सहयोग र सल्लाहले स्वास्थ्यमा
सकारात्मक संकेत देखिने छ । भाइबहिनी वा
सन्ततिका तर्फबाट खुशीको खबर प्राप्त हुने छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
यस साताको प्रारम्भमा सोचेजस्तै सफलता
प्राप्त हुनेछ । पराक्रम बढ्नुका साथै शरीर
फुर्तिलो रहने छ । दाम्पत्य जीवन सुखमय रहनेछ ।
साझेदारी वा पार्टनरसीपमा कुनै काम गर्ने
योजना बनाउनु भएको छ भने त्यसका लागि
अनुकूल छ । बुधबारपछि स्वास्थ्यमा अचानक
गडबडी आउने सम्भावना छ । सानोतिनो
चोटपटक नै पनि लाग्न सक्छ, सचेत एवं सावधान
रहनु होला । तपार्इंको व्यक्तिगत दृष्टिकोण
उल्टो हुने देखिन्छ, कुनै पनि नयाँ काम नथाल्नु
होला । शुक्रबारपछि हातमा अचानक सोच्दै
नसोचेको धन प्राप्त हुनसक्छ । मित्रवर्ग र
बन्धुवान्धवले राम्रो सहयोग प्रदान गर्नेछन् ।
कतिपय राम्रा अवसर प्राप्त गर्नुहुनेछ । आफन्त र
मित्रहरूसँग भेटघाट र रमाइलो गरिने छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
यस साताको प्रारम्भमा काम गर्दा आर्थिक,
सामाजिक, व्यावहारिक आदि विभिन्न
समस्या आइलाग्न सक्छन् । झिनामसिना
कामका लागि पनि निक्कै खट्नु पर्छ ।
भरिसक्य मुद्दामामिला र झैझगडाबाट टाढा
रहनु होला, निर्णय क्षमताले काम नगर्न सक्छ ।
बुधबारपछि तपाईं दूरदर्शिताको सर्वत्र चर्चा
हुनेछ । मायाप्रेम र भावनात्मक
क्रियाकलापमा समय व्यतीत हुनेछ ।
विपरीतलिङ्गी सहयात्रीबाट प्राप्त
सल्लाहबाट गरिएको कामबाट फाइदा हुनेछ ।
सन्तानपक्षको राम्रो माया मिल्नेछ ।
शुक्रबारपछि स्वास्थ्यमा गडबडी भई दैनिक
कामकाजमा असर पर्ने योग छ । अनाहकमा अरुले
गरेका गल्तीको पनि सजाय भोग्नु पर्ने अवस्था
आउला । बोलेको कुराले विपरीत अर्थ प्रदान
गर्न सक्छ । नातेदारले अपमानित तुल्याउन सक्छन् ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
यस साताको प्रारम्भमा विद्यार्थीहरुले
आफ्नो क्षमता प्रदर्शन गरी स्याबासी पाउने
समय हो । अन्य सबैका लागि भौतिक
सुविधाको दीर्घकालिक जोहो गर्ने अवसर र
मौका देखापर्ने छ । चिन्तन र बौद्धिकताको
क्षेत्रमा राम्रो छ । बुधबारपछि
भोगविलासमा आकर्षण बढ्न सक्छ,
विलासिता र मनोरञ्जनका लागि समय र धन
खर्च हुनसक्छ । आमा वा मामाको स्वास्थ्यमा
नकारात्मक असर पर्न सक्ने दिन छ । तर्क,
विवाद र झैझगडाबाट टाढा रहनु राम्रो हो ।
शुक्रबारपछि प्रेमसम्बन्धमा सुधार आउने छ ।
कामको चाप र दायित्व बढ्नेछ । शरीर
फुर्तिलो हुनेछ, जोस र जाँगर बढ्नाले
आम्दानीमा समेत बढोत्तरी हुनेछ ।
अभिभावकवर्गको आशीर्वाद प्राप्त हुनेछ ।
राम्रो समाचार सुन्न पाउनु हुनेछ ।
पुष महिनाको मासिक राशिफल २०७२
पुस महिना मासिक राशिफल : पुस, २०७२
============================================
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries :
मेहनत गर्दा राम्रै उपलब्धि हातलागी हुनेछ। नयाँ व्यवसाय
प्रारम्भ गर्न सकिनेछ। धार्मिकतथा सामाजिक क्रियाकलापमा रुचि बढ्नेछ।
परिवारजनको सहयोगले विशेष कामहरू बन्नेछन्। दाम्पत्य सम्बन्ध सुमधुर
बन्नेछ। विपरीत लिंगीहरूप्रति आकर्षण बढ्नुका
साथै प्रेम र मित्रताको बन्धन कसिन सक्छ। सरोकार नभएका विषयमा रुचि
राख्नाले दुःख पाइनेछ। केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता
गर्नुपरे पनि लगनशीलताले लक्ष्यमा पुर्याउनेछ।
स्थायी सम्पत्तिमा केही विवाद आउला। कामको
सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा बढ्नेछ।
बलजफ्ती गर्नाले हातमा आएका अवसर गुम्न सक्छन्।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus :
राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्न सक्छ।
परिस्थितिलार्इ पछ्याउन नसक्दा अलि पछि परिनेछ। काममा अनायासै बाधा वा
हस्तक्षेप हुने सम्भावना देखिन्छ। आर्थिक अभावले पनि सताउन सक्छ।
शुभचिन्तकहरूले साथ दिनाले चुनौतीहरू पन्छाएर परिस्थिति
अनुकूल बनाउन सकिनेछ। स्वास्थ्यमा कब्जियत वा ढाड–कम्मर
सम्बन्धी समस्याले सताउने देखिन्छ। केही
दण्ड–जरिवाना पनि सम्भावना छ। खराब व्यक्तित्वको विश्वासमा पर्नाले काममा
धोका पाइएला। सवारी तथा हातहतियारको उपयोग
सावधानीसाथ गर्नुहोला। महत्वपूर्ण वस्तु गुम्ने सम्भावना छ,
सचेत रहनुहोला।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Taurus :
विभिन्न अवसर आए पनि समयमा निर्णय लिन नसक्ता पछि परिनेछ।
बलजफ्तीले काममा बाधा हुन सक्छ। आफ्नै
कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्ने देखिन्छ।
जीवनसाथीलाई पनि केही
पीडा हुने ग्रहयोग छ। अरूको भरपर्दा काम बिग्रन सक्छ।
सरकारी कामकाजमा विलम्ब हुनेछ। सुखदुःखमा साथ दिनेहरू
प्रशस्तै भेटिनेछन्। आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। व्यापार—
व्यवसायमा लगानी बढाउन सकिनेछ। रोकिएका काम बन्नुका साथै
बिस्तारै नयाँ काम सुरु हुनेछन्। रमाइला ठाउँको भ्रमण गर्ने मौका जुर्न सक्छ।
घरखर्च बढ्नेछ भनेआयआर्जनमा कमी आउने सम्भावना
देखिन्छ।
कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer :
मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ।
आर्थिक समस्या सुल्झनुका साथै भौतिक साधनहरू जुटाउन सकिनेछ। टाढिएका
आफन्तसँग पुनर्मिलन हुनेछ। काममा सहयोगीले साथ दिनेछन्
भने विभिन्न अवसरले पछ्याउने ग्रहयोग छ। रोकिएका काम बन्नाले उत्साह
जाग्नेछ। चुनौतीका पहाड चिर्ने अाँट पलाउनेछ।
वर्गीय हक–हितका लागि गरिएको प्रयत्नले दिगो फाइदा
दिलाउनेछ। शत्रुबाधा, मुद्दामामिला वा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ।
दोस्रो सातादेखि आफ्ना काममा अरूले अधिकार जमाउने चेष्टा गर्नेछन्। पारिवारिक
असमझदारीले पनि केही समस्या ल्याउन सक्छ,
सचेत रहनुहोला।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo :
विभिन्न अवसर प्राप्त भए पनि स्वास्थ्य कमजोर रहन सक्छ। पेटको
समस्याबाट जोगिन खानपानमा सजग रहनुहोला। अवसरको
खोजीमा केही दौडधुप गर्नुपर्ला। नेकरी
तथा व्यावसायिक काममा पनि केही चुनौती देखापर्न
सक्छ। आर्थिक पक्षमा उन्नति भए पनि आफ्ना कमजोरीको
फाइदा अरूले उठाउन सक्छन्। दाजुभाइ, इष्टमित्र वा बन्धुबान्धवको सहयोगले
विपक्षीलाई तह लगाउन सकिनेछ। सन्तान वा
अनुयायीले प्रसन्नता दिलाउनेछन्। गुरुजनको प्रेरणाले मन दह्रो
हुनुका साथै अध्ययनमा हौसला मिल्नेछ। आफ्नो अधिकार जोगाउन कडा रूपमा
प्रस्तुत हुनुपर्ने देखिन्छ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo :
अरूको उक्साहटमा लाग्नाले बेफाइदा हुन सक्छ। अविवेकी
निर्णयले अप्ठ्यारोमा पार्नेछ।एकसाथ अनेक काम सुरु गरिए पनि धेरै अधुरै
रहलान्। कीर्ति राख्न गरिएको प्रयासले उल्टै क्षति हुन
सक्छ। स्वास्थ्यमा देखापर्ने समस्याले पनि सताउन सक्छ। आमाको
स्वास्थ्यस्थिति कमजोर बन्नाले त्यसप्रति चिन्ता बढ्न सक्छ। घर–जग्गा वा
स्थायी सम्पत्तिमा विवाद आउने योग छ। कृषि र व्यापार–व्यवसाय
मा सामान्य फाइदा हुनेछ। परिवारिक असमझदारीबीच
गरिएको प्रयास व्यर्थ होला। तापनि, साथीभाइ र बन्धुबान्धवको
सहयोगले लाभ हुनेछ। प्रतिष्ठित व्यक्तित्वसँग मित्रता गाँस्ने मौका छ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra :
विभिन्न अवसरले पछ्याउनेछन्। हिम्मतले काम लिने समय छ। घरमा सुख–
समृद्धि बढ्नेछ। नोकरी तथा राजनीति गर्नेहरूलाई
विशेष लाभ मिल्नेछ। मान–सम्मान र पद–प्रतिष्ठा पाइने समय छ।
प्रतिस्पर्धाबाट सामान्य फाइदा उठाउन सकिनेछ। उद्योग–धन्दामा पनि राम्रै
सफलता हात पार्न सकिनेछ। स्वास्थ्योपचारमा खर्च हुन सक्छ। लामो
समयदेखि रोकिएका काम सम्पादन होलान्। भूमिलगायत स्थायी
सम्पत्तिबारे केही विवाद हुन सक्छ। दाजुभाइको सम्बन्ध
कमजोर बन्ने सम्भावना छ। खराब आचरण भएकाहरू पनि नजिकिन सक्छन्।
सामाजिक प्रतिष्ठा जोगाउन आफ्ना योजना गोप्य राख्नुहोला।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio :
अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। ठूलो आशा देखाएर
ठगी गर्नेहरूले सताउन सक्छन्। वादविवाद र झैझगडाबाट टाढै
बस्नु बुद्धिमानी हुनेछ। टाउको र आँखाको समस्याले दुःख दिन
सक्छ। काममा पनि केही चुनौती देखापर्न सक्छ।
धनमाल हराउने, चोरिने वा ठगीमा परिने सम्भावना छ। आफ्नो
प्रतिभा प्रदर्शन गरी अरूको मन लोभ्याउन सकिनेछ। व्यवसाय र
उद्योगमा फाइदा मिल्नेछ। केही धन र बहुमूल्य धातु संग्रह
हुन सक्छ। सामाजिक प्रतिष्ठा पाइनेछ। प्रयत्न गर्दा अप्ठ्यारै काम पनि
सम्पादन हुनेछन्। बुद्धिको उपयोगले शत्रुबाट जोगिन सकिनेछ। प्रेम र
मित्रताको बन्धन कसिन सक्छ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius :
उच्च रक्तचाप, टाउको दुखाइ वा आँखाको समस्याले अलि सताउन सक्छ।
समयमा काम सम्पन्न गर्न नसक्दा हातबाट अवसर फुत्कन सक्छ। आफ्नो
कमजोरीप्रति टिप्पणी वा गुनासो बढ्न सक्छ। सानो
कमजोरीले क्षेत्राधिकार संकुचित बन्न सक्छ। आफन्तसँग
असमझदारी बढे पनि शुभचिन्तकहरूले साथ दिनेछन्। बुद्धिको
उपयोगले सफलताको सूत्र पत्ता लगाउन सकिनेछ। उत्तम वस्त्र, भोजन र
विशेष उपहार हातलागी हुन सक्छ। कृषि तथा
पशुधनबाटसामान्य फाइदा हुनेछ। मन मिल्ने साथीभाइ अलि टाढिन
सक्छन्। प्रेम सम्बन्धमा समस्याआउला। अस्थायी पेसाबाट
मनग्य फाइदा हुने देखिन्छ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) Capricorn :
आम्दानीको तुलनामा खर्च अलि बढी हुनाले आर्थिक
समस्या देखा पर्न सक्छ। काममा ढिलासुस्ती र
सरकारी निकायबाट हुने कडिकडाउको सिकार भइएला। वादविवाद र
झैझगडाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ। विपरीत
लिंगी वा शुभचिन्तकहरूले साथ दिनेछन्। नजिकका
साथीभाइ टाढिन सक्छन्। टाढाका साथीभाइसँग भने
मित्रता बढ्नेछ। पहिलेके लगानी तथाश्रमबाट राम्रे प्रतिफल
पाइएला। कतिपय काममा गरिएको प्रयत्न व्यर्थ हुनेछ। अनावश्यक दौडधुपमा
समय बित्नेछ। ठूलो आशा देखाएर ठगी गर्नेहरूले पनि सताउन
सक्छन्। यात्रामासवारी साधन उपयोग गर्दा अलि
सावधानी अपनाउनुहेला।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius :
विभिन्न अवसरले पछ्याउनेछन्। तर, चोटपटक वा अस्वस्थताले पनि सताउने
समय छ। रोकिएका काम बन्नुका साथै आयआर्जनका स्रोतसमेत बढ्नेछन्।
खुसीको समाचार सुन्न पाइनेछ। पुरस्कार, प्रशंसा, ख्याति आदि
पाइने समय छ। प्रेम र मित्रताको बन्धन कसिनेछ। प्रतिस्पर्धी
परास्त हुनेछन्। कृषि, पशुधनबाट पनि यथेष्ट लाभ मिल्नेछ।
नोकरीमा पदोन्नति र पढाइलेखाइमा पनि प्रगतिको समय छ।
मानसम्मान पाउनुका साथै प्रशस्तै आम्दानी बढ्नेछ। परिवारजनमा
भने केही असमझदारी बढ्न सक्छ। उच्च
महत्वाकांक्षाले केही नोक्सानीसमेत निम्त्याउने
देखिएकाले व्यवहारमा सजग रहनुहोला।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces :
कीर्तिमानी काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ।
विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिको
उपयोग गरी थप फाइदा उठाउन सकिनेछ। नोकरी
प्राप्त हुने सम्भावना छ। दाम, इनाम र प्रतिष्ठा कमाउने मौका छ। मित्रता र
प्रेमको बन्धन कसिन सक्छ। खर्च लागे पनि भविष्यका लागि विशेष काममा जग
बसाउने अवसर जुट्नेछ। व्यापार तथा उद्योगतर्फ लगानी बढाउने
समय छ। भौतिक साधन समेत जुटाउन सकिनेछ। कृषिउपज र पशुधनबाट पनि
राम्रै फाइदा हुनेछ। चोटपटकको समेत योग देखिएकाले सवारीसाधन
तथा हातहतियार उपयोग गर्दा सचेत रहनुहोला।
© लक्ष्मीप्रसाद बराल,, ज्योतिषाचार्य