आजको राशिफल
कार्तिक १२ गते बुधबार
२०१४ अक्टोबर २९ तारिख,
~~~~``````~~~~
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आज पुराना साथीभाइसित अचानक
भेटघाट हुने र आकस्मिक लाभ मिल्ने दिन
छ । कर्मसिद्धिको समय छ । सामूहिक
नेतृत्व सम्हाल्ने मौका मिल्नेछ ।
व्यापारमा लाभ हुनेछ ।
समाजमा तपाईंको प्रतिभाको कदर हुनेछ
। नयाँ ज्ञान प्राप्त हुनेछ ।
घरपरिवारमा खुसीको वातावरण
सिर्जना हुनेछ । आजका लागि शुभअङ्क ९
र शुभरङ्ग छिर्केमिर्के बुट्टे हो भने कुनै
शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु
अघि आज ॐ कें केतवे नमः यस
मन्त्रको कम्तीमा ७ पटक जप
गरी आरम्भ
गर्दा लाभ प्राप्त हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आज अकारण वादविवादमा फस्ने र
प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुने
दिन हो । व्यापारीहरूले हानी व्यहोर्नु
पर्छ र कर्मचारीले अपजस व्यहोर्नु पर्छ ।
छात्रछात्राले रमाइलोमा भुलिने छन् ।
यात्रा घातक बन्न सक्छ, धेरै टाढा नजानु
होला । सामाजिक र
परोपकारका मार्गमा अवरोध हुनेछ ।
आजका लागि शुभअङ्क ९ र शुभरङ्ग
गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व
वा यात्रामा जानु अघि आज ॐ
नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ९
पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त
हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
जीवनसाथी वा विपरीतलिंगी मित्रसँग
मन फुकाएर
आफ्ना कुरा राख्नका लागि आजको
दिन राम्रो छ । शुभ समाचार प्राप्त
हुनाले मन फुरुङ्ग हुनेछ । घरमा माङ्गलिक
कृत्य सम्पादन गर्ने समयसमेत छ । वर्तमान
समयलाई भरपूर सदुपयोग गर्नुहोस् ।
अध्ययन, अध्यापन र लेखनमा खास
अभिरुचि हुनेछैन । आजका लागि शुभअङ्क
३ र शुभरङ्ग गुलाबी हो भने कुनै शुभकर्म गर्नु
पूर्व वा यात्रामा जानु अघि आज ॐ अं
अङ्गारकाय नमः यस
मन्त्रको कम्तीमा १० पटक जप
गरी आरम्भ
गर्दा लाभ प्राप्त हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आर्थिक र व्यवसायिक
समस्या समाधान हुनेछन् । तर्कवितर्क,
चिन्तन आदिका क्षेत्रमा उल्लेखनीय
लाभ हुनेछ । आफन्तले तपाईंका विचार र
तर्कको सराहना गर्नेछन् । स्वास्थ्य सबल
रहने छ, दैनिक कामकाज सजिलै सम्पन्न
हुनेछन् । कल्पना र
भावुकतामा रमाउँदा रमाउँदै दिन
गएको पत्तो पाउनुहुन्न ।
आजका लागि शुभअङ्क १ र शुभरङ्ग
कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व
वा यात्रामा जानु अघि आज ॐ
घृणि सूर्याय नमः यस
मन्त्रको कम्तीमा ७ पटक जप
गरी आरम्भ
गर्दा लाभ प्राप्त हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
व्यवसायिक क्षेत्रबाट राम्रो लाभ
प्राप्त हुनेछ । छोराछोरीबाट सन्तोष
प्राप्त हुनेछ ।
दाजुभाइको प्रगतिको समाचार सुन्न
पाइएला । पारिवारिक जीवन
सामान्य र सन्तोषप्रद रहने छ ।
साथीहरूसित मनोरञ्जन गर्ने अवसर जुर्नेछ
। मानप्रतिष्ठा र सामाजिक
मर्यादामा अभिवृद्धि हुनेछ ।
आजका लागि शुभअङ्क ५ र शुभरङ्ग
पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व
वा यात्रामा जानु अघि आज ॐ बृं
बृहस्पतये नमः यस मन्त्रको कम्तीमा १९
पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त
हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
परिवारजनमा असमझदारी बढ्नेछ,
मान्यजन वा अभिभावकवर्ग रुष्ट हुनसक्छन्
। जग्गाजमिन
वा घरायसी सम्पत्तिको चिन्ताले
सताउन सक्छ । विगतमा गरेको गल्ती र
कमजोरीका कारण तनाव
सिर्जना हुनसक्छ ।
महत्वाकाङ्क्षी योजनामा हात हाल्नु
राम्रो हुँदैन । कृषि–चौपायाबाट
हानि पुग्नसक्छ । आजका लागि शुभअङ्क
३ र शुभरङ्ग रातो हो भने कुनै शुभकर्म गर्नु
पूर्व वा यात्रामा जानु अघि आज ॐ गं
गणपतये नमः यस मन्त्रको कम्तीमा २१
पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त
हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
सामाजिक
कार्यमा नेतृत्वदायी भूमिका वहन गर्नु
पर्नेछ, जसबाट यश प्राप्त हुनेछ ।
बोलीको प्रभाव रहनाले काम बन्ने छ
समयलाई पर्खिनु होला । विभिन्न
महत्वपूर्ण दिनहरू मध्ये आजको दिन विशेष
महत्वको दिन हुनेछ ।
भाइबहिनीका तर्फबाट खुसीको खबर
प्राप्त हुने सम्भावना समेत छ ।
आजका लागि शुभअङ्क ९ र शुभरङ्ग
हलुका रातो वा पहेंलो हो भने कुनै शुभकर्म
गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ
कुलदेवताभ्यो नमः यस
मन्त्रको कम्तीमा १९ पटक जप
गरी आरम्भ
गर्दा लाभ प्राप्त हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि,
यु) –
मनमा बसाइ सर्ने, सरुवा हुने, स्थान
परिवर्तन अथवा व्यवसाय
वा पेसामा परिवर्तनको धारणा उत्पन्न
हुन सक्छ । नयाँ काममा हात हाल्ने समय
भएकाले आफ्ना विचारलाई
कार्यान्वयन गर्दा राम्रो हुन्छ । प्रशस्त
धन आर्जन गर्ने अवसर पाउनुहुनेछ ।
प्रतियोगितात्मक
क्रियाकलापमा सफल हुनुहुने छ ।
आजका लागि शुभअङ्क ६ र शुभरङ्ग
सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व
वा यात्रामा जानु अघि आज ॐ सरस्वत्यै
नमः यस मन्त्रको कम्तीमा ११ पटक जप
गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
आज
निर्णयक्षमतामा कमी भएको अनुभूति
हुनेछ । साथीभाइ र
परिवारका सदस्यहरूले समेत
तपाईंको भावना बुझ्न सक्दैनन् ।
सन्ततिको स्वास्थ्य चिन्ताको विषय
बन्नसक्छ । पेसा, व्यवसाय
वा व्यापारबाट समेत लाभ हुनेछैन ।
सवारीसाधन हाँक्दा सचेत हुनुहोला ।
आजका लागि शुभअङ्क ४ र शुभरङ्ग
हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व
वा यात्रामा जानु अघि आज ॐ बुं बुधाय
नमः यस मन्त्रको कम्तीमा ८ पटक जप
गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
–
सामान्य कुरालाई
पनि बढी गम्भीरतापूर्वक लिने
बानीले
आफैलाई दुःख होला । मानसिक एवं
बौद्धिक क्षमता ह्रासता आउने छ ।
न्जिकैका व्यक्तिबाट अपमान वा अपजस
सहनु पर्ने हुनसक्छ । यतिबेला आर्थिक
लगानी गर्नु भर पर्दो देखिन्न । सामान
हराउने वा धननाशको सम्भावना छ ।
आजका लागि शुभअङ्क ४ र शुभरङ्ग
पहेंलो वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु
पूर्व वा यात्रामा जानु अघि आज ॐ
महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ९
पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त
हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
शुभसमाचारको आगमनले मन प्रसन्न रहने
दिन छ । शत्रुहरू पराजित हुनेछन् । आत्मबल
बढ्ने छ । मातापिता र अभिभावक
वर्गसँगको सम्बन्ध सुमधुर रहने छ ।
समाजसेवाका कामबाट लाभ हुनेछ ।
सुखसुविधा र
विलासिताका साथमा समय बित्नेछ ।
सरकार र राज्यपक्षबाट लाभ प्राप्त हुनेछ
। आजका लागि शुभअङ्क २ र शुभरङ्ग
सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व
वा यात्रामा जानु अघि आज ॐ
सों सोमाय नमः यस
मन्त्रको कम्तीमा ११ पटक जप
गरी आरम्भ
गर्दा लाभ प्राप्त हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
हाकिम, मातापिता वा विशिष्ट
व्यक्तिको विचारले प्रभावित तुल्याउन
सक्छ । आज जग्गाजमिनको कारोबार
गर्दा असल हुने सङ्केत छ । सामाजिक
क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ ।
सन्तान पक्षबाट पनि राम्रै सहयोग
प्राप्त हुनेछ । साथीभाई र
नातागोताको सहयोग प्राप्त हुनेछ ।
आजका लागि शुभअङ्क ३ र शुभरङ्ग सिन्दुरे
रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व
वा यात्रामा जानु अघि आज ॐ हं हनुमते
नमः यस मन्त्रको कम्तीमा २३ पटक जप
गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें