टाउको दुख्नु एउटा व्यापक समस्या हो । यसले व्यक्तिको दैनिक
क्रियाकलाप मात्र हैन शैक्षिक, सामाजिक तथा आर्थिकरूपमा समेत
नराम्रो असर पारेको हुन्छ । टाउको दुखाइको प्रकृति सबै
मान्छेको एकनाश हुँदैन । कसैको टाउको पोल्ने हुन्छ भने
कसैको भारी वा गर्हु·ो हुने गर्दछ । कसैको घोच्ने,
कसैको टन–टन दुख्ने गर्दछ । टाउको दुखाइ
भनेको टाउको दुख्नुमात्र नभई टाउकोमा एक
किसिमको अप्ठ्यारोपना महसुस गर्नु पनि हो । तीन
वा तीन महिनाभन्दा बढी टाउको दुख्यो भने
त्यसलाई दीर्घ टाउको दुखाइ भनिन्छ । दीर्घ
टाउको दुखाइका धेरै कारणहरूमध्ये प्रमुख तीन कारण
छन्– टेन्सन टाइप अफ हेडेक, माइग्रेन र क्लसटर हेडेक ।
यो लेखमार्फत् माइग्रेन के हो ? यो किन हुन्छ ? माइग्रेन
हेडेकलाई कसरी पहिचान गर्ने र चिकित्सकको माइग्रेन
हेडेकबारे सुझाव र सल्लाह के–के हुन् भन्ने बारे विचार
आदानप्रदान गर्न कोशिश गरेको छु ।
माइग्रेन फ्रेन्च शब्द हो । जसको उत्पत्ति ग्रीक
भाषाको हेमिक्रेनिया (ज्झष्अचबलष्ब) शब्दबाट भएको हो र
यसको अर्थ आधा टाउको मात्र (इलथि जबाि जभबम) हुन्छ ।
यो एक किसिमको मस्तिष्कको रोग हो ।
जसमा टाउको चक्ररूपमा (एष्कयमष्अ) दुख्ने गर्दछ ।
चिकित्सकको लागि माइग्रेनको उपचार निरुत्साहित तुल्याउने हुन्छ ।
दीर्घ टाउको दुखाइको करिब पन्ध्र प्रतिशत
हिस्सा माइग्रेनले ओगटेको छ ।
पुरुषभन्दा महिलामा तीन गुणा बढी यो रोग
पाइन्छ । पहिले–पहिले
मस्तिष्कको रक्तनलीमा समस्या भएर यो रोग लाग्छ
भन्ने विश्वास थियो तर आजकल ऋयचतष्अब िकउचभबमष्लन
मभउचभककष्यल ले गर्दा यो रोग भएको विश्वास गरिन्छ ।
अझसम्म पनि यस रोगको ठोस कारण पत्ता लागेको छैन । माइग्रेन रोग
पनि विभिन्न प्रकारको हुन्छ र लक्षण पनि फरक–फरक हुन्छ
तर समग्ररूपमा यहाँ माइग्रेनको लक्षण वर्णन गरिएको छ ।
माइग्रेनमा प्राय:जसो आधा र
कहिलेकाहीं पूरा टाउको दुख्ने गर्छ ।
यसमा टाउको टन–टन (त्जचयदष्लन) वा घोच्ने हुन्छ र सहन
नसक्ने कडा किसिमको दुखाइ हुन्छ । बिरामी दुखाइले
छटपटाइरहेको हुन्छ । दुखाइ चक्र
यानी भ्उष्कयमष्अ र
बीचमा बिरामी एकदम सामान्य हुन्छ ।
दुखाइ चार घण्टादेखि तीन दिनसम्म प्राय:जसो रहन्छ ।
टाउको दुखाइ सदैव एक ठाउँमा हुँदैन कहिले दायाँतिर त कहिले
बायाँतिर दुख्ने गर्छ । यदि टाउको सदैव एउटै साइडमा दुख्ने गर्छ भने
सिटी र एमआरआइजस्ता परीक्षण
गराउनुपर्ने अवस्था पनि हुनसक्छ र ब्रेन
ट्युमरको आशड्ढा हटाउनुपर्ने हुन्छ । यस
रोगमा बिरामीलाई वाक्वाक् लाग्ने, बान्ता हुने,
मान्छेको आवाज झर्को लाग्ने, बिरामी अँध्यारोमा बस्न मन
पराउने, बत्ती निभाएर बस्न मन पराउँछ । माइग्रेन ज्यान
जाने कडाखाले रोग होइन तर
बिरामीको जीवनलाई दुर्दशातिर
धकेलेको हुन्छ ऊ सदैव चिन्तित रहन्छ । यो रोगलाई
पूर्णरूपमा सन्चो पार्न धेरै अप्ठ्यारो छ तर
राम्ररी उपचार गर्यो भने रोगलाई नियन्त्रणमा राख्न
सकिन्छ र बिरामीले
खुशीको जीवनयापन गर्न सक्छ ।
यसको उपचार खर्चिलो हुन्छ र औषधि लामो समयसम्म खानुपर्ने
हुन्छ र औषधि बन्द गरेपछि रोग फर्किने सम्भावना पनि कसैकसैलाई
हुन्छ । माइग्रेनको उपचारमा बिरामीलाई धैर्य राख्न
एकदम आवश्यक छ किनभने औषधिले काम गर्न चारदेखि आठ
हप्तासम्म लाग्न सक्छ । बिरामीलाई सुझाव र
सल्लाह:
१) बिरामीले प्राय:जसो औषधि पसलमा गएर
दुखाइ कम गर्ने औषधि किनेर खाने गर्छन् । औषधिको नकारात्मक
असर तथा कडा प्रभावबारे प्राय:जसो मान्छेलाई थाहा हुँदैन ।
त्यसैले चिकित्सकको सरसल्लाह अनुसार औषधि खानुपर्छ ।
२)
बिरामीले केले गर्दा टाउको दुखाइ बढेको हो,
त्यस्तो खानेकुरा, बानीबेहोरामा ध्यान दिनुपर्ने हुन्छ र
सम्बन्धित चिकित्सकलाई खबर गर्नुपर्छ ।
३) बिरामीले
हेडेक डायरी राम्ररी मेन्टेन गर्नुपर्छ ।
४) बिरामीले भोको बस्नु, व्रत गर्नु
तथा घाममा घुम्नुहुँदैन ।
५) बिरामीले सन्तुलित आहार
खानुपर्छ र प्रतिदिन सामान्य व्यायाम गर्नुपर्छ ।
६) प्रत्येक दिन
एउटै समयमा र ६ देखि ८ घण्टासम्म सुत्नुपर्छ ।
७)
बिरामीले कफी, रक्सी, चकलेट,
कोकाकोला तथा पनिरको सब्जी इत्यादि खानुहुँदैन ।
८)
कहिलेकाहीं अत्यधिक मानसिक तनाव र धेरै थकाइ
लागेमा दुखाइ बढ्छ त्यसैले यस्ता कुरामा ध्यान दिनुपर्छ ।
९)
महिलाहरूको कपाल लामो भएकोले कपाल धेरै धुँदा पनि दुख्छ । कपाल
धोएर सुकाउनुपर्छ ।
१०) बिरामीले बिँडी,
चुरोट तथा ओसट्रोजिन भएको परिवार
नियोजनको चक्की खानुहुँदैन किनभने यसले
बिरामीको जीवनमा नराम्रो प्रभाव पार्छ ।
११)
स्वास्थ्यकर्मी साथीहरूले महिनाको एक–
दुईचोटी दुख्यो भने प्रतिरोधात्मक रूपमा प्रयोग गर्ने
औषधि दिनुहुँदैन । महिनामा तीनदेखि पाँचपटक दुख्न
थाल्यो भने निश्चित तवरले प्रतिरोधात्मक औषधि दिनुपर्छ ।
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें