फेला पर्यो जँड्याहा धुम्रकेतु,
पृथ्वीलाई रक्सीले
नुहाइदिने
सोमरसपानका शौखिनहरुका लागि खुसीको खबर छ ।
ब्रम्हाण्डमा धुम्रकेतुले रक्सी उत्पादन गर्न थालेको छ ।
एउटा धुम्रकेतुले यति रक्सी उत्पादन गरिरहेको छ
की त्यसले पूरै पृथ्वीलाई भिजाइदिन सक्छ ।
कुनैदिन यो धुम्रकेतुको सोमरसले पृथ्वीलाई नुहाइदियो भने
महंगा ब्राण्डेड सोमरसको भाउ घट्ला की ।
सुन्दैमा अचम्म लाग्नसक्छ । तर यो सत्य हो की
ब्रम्हाण्डमा एउटा यस्तो धुम्रकेतु फेला परेको छ जसले धुलो तथा चट्टान
होइन अल्कोहल निकालिरहेको छ ।
लभजोय नामको उक्त धुम्रकेतुले अन्तरीक्षमा हरेक सेकेण्ड
करीब ५ सय बोतल रक्सीको मात्रा बराबरको
अल्कोहल उत्सर्जन गरिरहेको छ । रक्सीसँगै उसले
चिनिपनि निकालिरहेको छ ।
कुनैपनि धुम्रकेतुमा इथाइल अल्कोहल फेला परेको यो पहिलोपटक रहेको
अमेरिकी अन्तरीक्ष संस्था नासाले जनाएको छ ।
धुम्रकेतुले अल्कोहल उत्पादन गर्नुबाट पृथ्वीमा जिवको
विकाशको श्रोत धुम्रकेतुहरुमा उत्पत्ति भएका जटिल अणुहरु नै रहेको
हुनसक्ने निष्कर्षलाई बल पुगेको शोधकर्ताहरुको भनाइ छ ।
फ्रान्सको पेरिसस्थित अब्जर्भेटरीका शोधकर्ता निकोलस
बाइवरका अनुसार यो धुम्रकेतुले आफ्नो चरम सक्रियताका दौरान
अन्तरीक्षमा अल्कोहल उत्सर्जन गरिरहेको छ । उक्त
धुम्रकेतुले निकालिरहेको पदार्थमा अल्कोहल र चिनीसँगै
विभिन्न २१ वटा जैविक अणुहरु पाइएका छन् ।
पृथ्वीको अक्षको नजिक रहेका धुम्रकेतुमध्ये लभजोय
सबैभन्दा सक्रिय धुम्रकेतुमा पर्छ । गत जनवरी ३० वर्ष
सूर्यको सबैभनदा नजिकबाट गुजि्रँदा यसले २० टन प्रतिसेकेण्डको गतिमा
पानी उत्सर्जन गरेको थियो । – एजेन्सी
Home »
रोचक जानकारी
» फेला पर्यो जँड्याहा धुम्रकेतु,
पृथ्वीलाई रक्सीले
नुहाइदिन
फेला पर्यो जँड्याहा धुम्रकेतु, पृथ्वीलाई रक्सीले नुहाइदिन
Posted by Diyu poudel
Posted on 5:00 am
with No comments
लेबल:
रोचक जानकारी
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें