अचम्म को गाउँ, जहाँ मानिसहरु दिउसै भताभत
सुत्छन्, २ दिनसम्म जाग्दैनन्
मानिसहरु दिउसोमा कामकाजमा व्यस्त हुन्छन् र रातमा सुतेर आराम गर्छन् ।
तर काजकिस्तानमा एउटा यस्तो गाउँ छ, जहाँ मानिसहरु दिउसै भताभत
निदाउँछन् र दुइ दिन सम्म निदाएको निदायै हुन्छन् ।
काजकिस्तानको कलाची गाउँमा मानिसहरु यो अनौठो सुत्ने रोगबाट
पीडित छन् । मानिसहरु दिउसै सुत्दछन् र दुइ दिनसम्मै सुतेको
सुत्यै गर्छन् । चाहे लाखौँ कोसिस किन नगरियोस् उनीहरु
ब्युँझिदैनन् ।
अझ अनौठो त के भने उनीहरु लामो निद्राबाट ब्युँझिसकेपछि
भविष्यका र अतितका कुराहरु गर्छन् । कतिपय अवस्थामा त विगतका सबै
कुरा बिर्सिएर जाग्दछन् ।
सुतेको सपनामा उनीहरु कहिले परीहरु
देख्दारहेछन् त कहिले ढोकाभित्र छिरेको भ्यागुतो । गाउँलेहरुको यो सुत्ने
रोगको सिलसिला २०१३ को मार्चदेखि चलिरहेको छ । गाउँमा रहेका ८१०
जनामध्ये १४० जना मानिस सुरुदेखि नै यो सुत्ने रोगबाट पीडित
छन् ।
सुत्ने रोगको महामारीका कारण यो गाउँका बासिन्दाहरु बसाइ सरेर
अन्यत्र जान थालेका छन् । यो गाउँमा सोभियन संघको पालाका
केही युरेनियम खानीहरु पनि छन् । जसबाट
विकिरणहरुका साथै कार्वन मोनोअक्साइड ग्यास पनि निकै बढि मात्रामा
निस्कने गरेको बताइन्छ । सोही कारण गाउँलेहरु यस्तो अनौठो
समस्याबाट पीडित बनेको विज्ञहरुको अनुमान छ ।
केही महिना अघि उक्त गाउँका घरधुरीहरुमा
गरिएको ग्यासको परीक्षणका क्रममा घरभित्र सुरक्षित
मात्राभन्दा १० गुणा बढि कार्वन मोनोअक्साइडको मात्रा पाइएको थियो ।
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें