होसियार – ३ प्रकारका मानिसलाई भुलेर पनि
भलो नगरनुहोस्, बित्यास पर्ला
सामान्यतया अरुको भलाइ गर्नु हाम्रो संस्कारको अभिन्न पाटो मानिन्छ ।
अरुको भलाइ गर्नु सभ्यताको परिचायक पनि हो । तर सँधै यो लागु हुँदैन
पूर्वीय दर्शनका नीतिशास्त्री
चाणक्यले ३ प्रकारका मानिसको भलाइ नै गर्दा पनि दुःख पाइने हुँदा
उनीहरुको भलाइबारे नसोंच्नु नै राम्रो हुने बताएका छन् । टाढै
रहनु पर्ने ३ प्रकारका स्त्री वा पुरुष ।
१. मूर्खाशिष्योपदेशेन दुष्टास्त्रीभरणेन च। दु:खिते
सम्प्रयोगेण पंडितोऽप्यवसीदति।। अर्थात मुर्ख शिष्यलाई
उपदेश दिन खोज्नु खतरनाक हुन्छ । यदि कुनै स्त्री वा पुरुष
मुर्ख छ र जुन कुरामा पनि आफ्नै ढिपी गर्छ भने यस्तालाई
उपदेश दिनु हुँदैन । हामी मुर्खलाई उपदेश दिएर भलाइ गर्न
खोज्छौं तर यस्को नतिजा उल्टो हुन्छ । मुर्ख मानिस विनाकारण तर्क
वितर्क मात्र होइन झगडा नै गर्न कसिन्छ । त्यसैले यस्ता मानिसलाई
उपदेश दिनुको साटो टाढै बस्नुमा भलाइ छ ।
२. दुष्टास्त्रीभरणेन: अर्थात यदि कुनै स्त्री
चरित्रहिन छ वा स्वभाव नै खराव छ भने यस्ती
स्त्रीमाथि पैसा खर्च गर्नु ब्यर्थ हु्न्छ । यस्ता
ब्यविचारी स्त्रीलाई भरण पोषण गरेपनि सुख
प्राप्त हुँदैन । यस्ता महिलाहरुलाई खाली धनको मात्र लोभ
हुन्छ । सज्जन पुरुष यस्ता स्त्रीको संगत आएमा घर समेत
विग्रने र झन्झटमा पर्ने खतरा हुन्छ । तसर्थ चरित्रहिन
स्त्रीसँग पनि टाढै रहनु पर्छ ।
३. विनाकारण दुःखी भएर बस्ने मानिस: चाणक्य भन्छन् जो
ब्यक्ति सँधै दुःखी रहन्छ उसबाट पनि टाढै बस्नु पर्छ ।
कतिपय मानिस सबै कुरा प्राप्त हुँदा पनि दुःखी हुन्छन् ।
यस्ता ब्यक्तिलाई सुखी तुल्याउन सुझाव दिन खोज्नु मुर्खता हो
। यस्ता ब्यक्तिबाट दुःख र झन्झट मात्र प्राप्त हुन्छ । दुःखी
हुने स्वभाव भएका ब्यक्तिबाट टाढै बस्नु राम्रो हो ।
Home »
रोचक जानकारी
» होसियार – ३ प्रकारका मानिसलाई भुलेर पनि
भलो नगरनुहोस्, बित्यास पर्ला
होसियार – ३ प्रकारका मानिसलाई भुलेर पनि भलो नगरनुहोस्, बित्यास पर्ला
Posted by Diyu poudel
Posted on 4:53 am
with No comments
लेबल:
रोचक जानकारी
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें