महिला हरु मा जुँगा आउने समस्याबाट मुक्ति
प्राप्त गर्न के गर्नुपर्ला ?
म १६ वर्षीया महिला हुँ, मेरो ओठमाथि पुरुषको जस्तो जुँगा
क्रमिक रूपमा पलाउँदैछ । यस्तो समस्याबाट मुक्ति प्राप्त गर्न के
गर्नुपर्ला ?
महिलामा जुँगा
महिलाहरूमा पुरुषको जस्तै जुँगा आउनु वा शरीरमा अत्यधिक रौं
आउनु ठूलो समस्या हुन सक्छ । कतिपय महिला शरीरमा अलि
बढी रौं भए पनि कुनै चिन्ता गर्दैनन् भने कसैका लागि यो कुरा निकै
ठूलो चिन्ताको कारण बन्न पुग्छ ।
हाम्रो शरीरमा हुने रौंको विकास मुख्यतया एन्ड्रोजेन हार्मोनमा
भर गर्छ, तर आँखीभौं, परेला तथा छालामा हुने मसिना रौंको विकास
एन्ड्रोजेनमा भर पर्दैन । काखीमुनि आउने तथा यौन केश (यौन
अंग वरिपरी आउने रांै) एन्ड्रोजेनमा भर पर्ने भए पनि निकै कम
मात्रा पनि यसको विकासका लागि पर्याप्त हुन्छ । त्यसैले पुरुष तथा महिलामा
यी केशहरू झन्डै उस्तै हुन्छन् । त्यसबाहेक एन्ड्रोजेन
हार्मोनको मात्रा बढी भए शरीरका अन्य ठाउँमा पनि रौं
देखा पर्छन् । यस्तो भए महिलाहरूमा पनि पुरुषको जस्तै अनुहार,
छाती, पेटको तल्लो भागमा रौं आउनुका साथै टाउकाको कपाल पनि
पुरुषकै ढाँचामा देखापर्नसक्छ । जुँगाबाहेक यसरी अन्य ठाउँमा रौं
आएको छ कि छैन तपाईंंले केही लेख्नुभएको छैन । डिम्बाशय,
एड्रनेल ग्रन्थि तथा शरीरका विभिन्न भागमा हुने उपापचयन
(metabolism) को प्रक्रियाबाट महिलाको शरीरमा पाइने
टेस्टेस्टेरोन बन्छ । यस्ता समस्या भएका महिलाहरूमा एन्ड्रोजेनको प्रमुख
स्रोतचाहिँ डिम्बाशय नै हो ।
कारण के होला ?
हार्मोनको मेटाबोलिजममा गडबडी हुँदा यस्तो हुन्छ । धेरैजसो
महिलामा डिम्बाशयसँग सम्बन्धित केही विकारले गर्दा एन्ड्रोजन
हार्मोनको उत्पादन बढी भएको पाइन्छ । त्यसैगरी
एड्रेनल ग्रन्थिका टयुमरहरू पनि यसका कारण हुन सक्छन् । हाम्रो
शरीरमा पाइने विभिन्न हार्मोन सुचारु रूपमा सञ्चालन हुने क्रममा
केही गडबडी हुँदा पनि यस्तो परिस्थिति देखापर्छ ।
पिटयुटरी ग्रन्थि, थाइराइड ग्रन्थि वा हाइपोथालामसजस्ता अङ्गको
कार्यमा गडबडी हुँदा पनि यस्तो हुन सक्छ ।
यसैगरी विभिन्न औषधिको प्रयोग पनि यसका कारण हुन सक्छन्
। छारेरोगमा प्रयोग गरिने औषधि, विभिन्न स्टेरोईड औषधिहरू, एन्ड्रोजन
जस्ता औषधिको प्रयोग आदिले पनि महिलाहरूमा यस्ता समस्या निम्त्याउन
सक्छ । अर्को कारणचाहिँ वंशानुगत हुन सक्छ । यी कुरा पत्ता
लगाउन चिकित्सकको सहयोग आवश्यक हुन्छ, तर
कहिलेकाहीँ निकै नै गहिरोसँग जाँच–पड्ताल गरे पनि कुनै कारण
फेला पार्न सकिँदैन । त्यसैगरी कहिलेकाहीँ
intersex का कारणले पनि यस्तो समस्या देखा पर्न सक्छ । कुनै–कुनै
व्यक्ति पूर्ण महिला वा पूर्ण पुरुषका रूपमा विकासित नभै दुवै लिंगका
केही गुणहरू मिश्रित रूपमा लिएर जन्मिएका हुन्छन् । चिकित्सा
विज्ञानमा hirsutism भनिने यो अवस्थाले एन्ड्रोजेनको मात्रा
बढी भएर अस्वाभाविक रूपमा महिलाहरूको शरीरमा
केश (रौं) बढी आउनुलाई बुझाउँछ ।
समाधान के होला ?
उपचारको कुरा गर्दा सर्वप्रथम कारण के हो पत्ता लगाउनु आवश्यक हुन्छ
। यसका लागि शारीरिक तथा प्रयोगशालामा आधारित अन्य
परीक्षणहरू गर्नुपर्ने हुन्छ । रोगको कारण पत्ता लागिसकेपछि
पनि कतिपय स्थितिमा उपचार सजिलो नहुन सक्छ र त्यसले प्रशस्त समय
लिन सक्छ । यसको उपचारको प्रभावकारिताका सम्बन्धमा पनि यसै भन्न
सकिँदैन ।
यस्तो कुनै गम्भीर किसिमको विकार नभएको स्थितिमा भने खासै
चिन्ता गर्नु पर्दैन । अहिले सामाजिक रूपमा सुन्दर देखिनुपर्ने चर्को दबाब छ
। त्यसैले धेरैजसो महिलाका लागि उपचार गर्नुपर्ने पहिलो कारण आफ्नो
सौन्दर्य कायम राख्नु हो । सौन्दर्यका लागि गरिने उपचारमा
शरीरका देखिने भागहरूमा भएका रौंलाई लुकाउने वा हटाउने प्रयास
गरिन्छ । कम रौंलाई ब्लिच गरेर नदेखिने बनाउन सकिन्छ । रौं खौरनु एउटा उपाय
हुन सक्छ । रौं खौरँदा कडापन आउने वा छिटोछिटो बढ्ने कुरा गरिए पनि त्यसको
त्यस्तो प्रभाव देखिएको छैन । कतिपय महिलालाई यस्ता कुरा मन पर्दैन ।
रसायनिक पदार्थहरू प्रयोग गरेर (जस्तै : रौ हटाउने लोसनहरू) पनि यसो
गर्न सकिन्छ । कुनै निश्चित ठाउँमा मात्र यस्तो समस्या छ भने यस्ता
रसायनहरू प्रभावकारी हुन्छन् । यस्ता रसायनले छाला पोल्ने
जस्तो नकारात्मक असर देखापर्न सक्छ, त्यसैले तिनको प्रयोगमा
सावधानी अपनाउनुपर्छ ।
अर्को पद्धति धबहष्लन हो । यसमा धबह पगालेर छालामा लगाइन्छ र चिसो
भएर टाँसिएपछि यसलाई निकाल्दा रौं पनि साथसाथै उखेलिए आउँछ ।
स्थायी रूपमा रौं हटाउने प्रभावकारी उपाय
भभिअतचयथिकष्क हो । यो पद्धतिबाट उपचार गर्दा, हल्का
विद्युतीय तरङ्ग प्रयोग गरेर रौंको जरालाई नै नष्ट पारिन्छ ।
त्यसैले फेरि रौं उम्रन सक्दैन । यो पद्धति महँगो र समय लाग्ने भएकाले
यसमा खर्चका साथै प्रशस्त धैर्य पनि हुनुपर्छ । यसको प्रभावकारिता
उपचार गर्ने व्यक्तिको सीपमा भर पर्ने कुरा त स्वाभाविक नै भयो
। लेजर प्रविधिको प्रयोग गरेर पनि रौं हटाउन सकिन्छ । यो महँगो विधि हो,
तर इलेक्ट्रोलाइसिसजस्तो धेरै समय लाग्दैन । गोरो छालाको तुलनामा कालो छाला
भएका व्यक्तिमा यो प्रविधि त्यति उपयुक्त मानिँदैन ।
अब अर्कातिर हेर्ने हो भने, वास्तविक कारणलाई हटाउनु वा उपचार गराउनु
आवश्यक छ । माथि उल्लेख गरिएका कतिपय कारण पत्ता लागिसकेपछि
हटाउन सकिन्छ । यदि कारक तत्व हटाउन सकिएन भने पनि त्यसको
प्रभावलाई सामान्य बनाउन सकिन्छ । प्रोजेस्टेरोन वा अन्य केही
हार्मोन जस्तै औषधी वा ती औषधि जसले
एन्ड्रोजेनको प्रभावलाई काट्न सक्छ, प्रयोग गर्दा फाइदाजनक हुन सक्छ ।
डिम्बाशय वा एड्रेनल ग्रन्थिमा टयुमर भएर यस्तो भए शल्य चिकित्सा
सहयोगी हुन सक्छ । कुनै औषधि वा कुन पद्धति कुनै स्थितिमा
प्रयोग गर्ने भन्ने कुरा यसरी धेरै र असामान्य रौं आउनुको
कारणमा भर पर्छ, त्यसैले सम्बन्धित विशेषज्ञको सल्लाह तथा
निगरानी आवश्यक हुन्छ ।-साप्ताहिक
महिला हरु मा जुँगा आउने समस्याबाट मुक्ति प्राप्त गर्न के गर्नुपर्ला ?
Posted by Diyu poudel
Posted on 6:49 am
with No comments
लेबल:
स्वास्थ्य
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें