जनकपुरमा टिफिन क्यारियरमा राखेको बम
बिस्फोट, एकजना घाइते
जनकपुर, मंसिर ५ । जनकपुरको पिपरिया–४, माइस्थानमा टिफिन
क्यारियरमा राखेको बम बिस्फोट हुँदा एकजना गम्भिर घाइते भएका छन् ।
घाइते हुनेमा सिरहा, गौरीपुर–९ का १८ वर्षिय
श्रवणकुमार यादव छन् । उनि नरेश यादवको घरमा डेरा गरी
बस्दै आएका थिए ।
उनको कोठा बाहिर कसले बम राख्यो भन्ने अनुसन्धान भइरहेको
प्रहरीले जनाएको छ ।
श्रवणकुमारका साथीले कुनै अज्ञात व्यक्तिले छोडेर गएको
टिफिन उचाल्दा बम बिस्फोट भएको बताएका छन् । गम्भिर घाइते यादवको
जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ । ईमेजखबर ।।।
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें