Home » » “सिमांकन नमिलाएसम्म अबिलेको समस्या मिल्लाजस्तो लाग्दैन” – बाबुराम भट्टराई

“सिमांकन नमिलाएसम्म अबिलेको समस्या मिल्लाजस्तो लाग्दैन” – बाबुराम भट्टराई

“सिमांकन नमिलाएसम्म अबिलेको समस्या
मिल्लाजस्तो लाग्दैन” – बाबुराम भट्टराई

मंसिर ५, २०७२, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले
सिमांकन मिलाएर तराई–मधेसको आन्दोलन टुंगिने दाबी गरेका
छन् । उनले मधेस समस्या तत्काल मिलाउनुपर्नेमा जोड दिए ।
नयाँ शक्ति निर्माणबारे पत्रकारसँग शनिबार भएको अन्तर्क्रियापछि
भट्टराईले गतिरोध अन्त्य गर्न मध्यस्थता गर्न आफू तयार रहेको
बताए । ‘सिमांकन नमिलाएसम्म अबिलेको समस्या मिल्लाजस्तो लाग्दैन,’
उनले भने, ‘सिमांकन मिलाएर काँडा झिकेजस्तो हुन्छ ।’
भट्टराईले एक वर्षदेखि मुलुक एउटै विवादमा अल्झिरहँदा पनि मिलाउन
नसक्ने अबिलेको नेतृत्वको अक्षमता रहेको बताए । ‘पाँच जिल्लाको
विवाद अहिलेको होइन, एक वर्षदेखिको हो,’ उनले भने, ‘पूर्वका
तीन जिल्लामा केपी ओली र
कृष्णप्रसाद सिटौलाले नमान्ने, पश्चिममा शेरबहादुर देउवा र
भीम रावल नमान्ने, यही हठले देशको यो
हविगत भएको छ ।’
भट्टराईले त्यसअघि पत्रकारसँगको अन्तर्क्रियामा सिमांकन हेरेफेर,
जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण र समावेशी
समानुपातिक प्रतिनिधित्वको माग पूरा गर्नुपर्नेमा जोड दिए । ‘म अहिले
कुनै दलमा छैन, स्वतन्त्र छु,’ उनले भने, ‘यी विषय
मिलाउन म मध्यस्थता गर्न तयार छु ।’
भट्टराईले तराई मधेसको आन्दोलन बिस्तारै आन्दोलनकारीको
हातबाट फुत्कँदै गएको बताए । ईकान्तिपुर ।।।

Share this video :

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

 
Support : Copyright © 2013. Gaubeshikhabar - All Rights Reserved