Home » » पिनासको आर्यूवेदिक उपचार –

पिनासको आर्यूवेदिक उपचार –

पिनासको आर्यूवेदिक उपचार – डा. क्षितिज
बराकोटी

नाक बन्द भैरहने, टाउको दुख्ने, हाच्छयूँ आउने, सिंगान बग्ने वा नाक
एकदमै सुख्खा हुने, वासना । (सुघ्ने शक्ति) हराउने, आँखा धमिलो
हुने वा दुख्ने, जीउँ भारी हुने, छिटोछिटो रुघा
लाग्ने,घाटी खसखस हुने, कान चिलाउने आदि लक्षणहरु
पिनासमा देखा पर्छन । पिनासको उपचार समयमै नगरेमा त्यो डरलाग्दो
बन्दछ र भयावह अवस्थाहरु जस्तैः नाक भित्र रगत पिप जमेर
नाकको हड्डी कुहिने, नाक झर्ने, नाकबाट बढि रगत
बग्ने, नाक भित्र किरा पर्न, मासु बढ्ने आँखा निस्कने, जिभ्रो माथिको
मुखको भाग, तालु प्वाल पर्ने । कान बिग्रने लगायत मष्तिस्कसम्म
संक्रमण भई रोगीको मृत्यू समेत हुन अदि समस्याहरु
आईपर्न सक्दछ । त्यसैले रुघा, एलर्जी र पिनासलाई
समयमै उपचार गरी ठिक पार्नु पर्छ ।
पिनास हुँदा खान नहुने कुराहरु पिनासको रोग लाग्दा दही,
दुध माछा, मासु र अण्डा खानु हुँदैन । यसरी नै चिल्लो र
चिसो पनि पूर्ण रुपले वार्नु पर्छ । तरकारी हरुमा तामा,
फर्सी, गोलभोडा,पिडालु, मूला, तीतेकरेला,
बकुल्ला र तोरीको सागले असर पर्दछ । मासको दाल पनि
खानु हुँदैन ।
अति नै सादा भोजन गर्नु पर्छ । यसबाहेक रोगीको
लक्षण र समस्याकहो गम्भीरता अनुरुप खाना वार्नु पर्ने
भएकोले चिकित्सकको सल्लाह लिएर गर्नु पर्छ । नाकमा रगत
बगिरहने र पिनासको कारणले नाथ्रो फुट्ने ब्यक्तिले बढी
तातो र गरम मसला युक्त खानेकुरा खानु हुँदैन । यसबेला मरिच, अदुवा,
दालचिनी खानु हुँदैन ।
पिनास हुँदा खानु पर्नेे कुराहरु पिनास भएका ब्यक्तिले पानी
जाहिले पनि तातो वा मनतातो पिउनुपर्छ र प्राय चिल्लो रहित उसिनेको
खाना वा अति नै कम चिल्लो भएको खाना खादै उपचार गराउमा
रोगीमा शिग्र लाभ मिल्दछ । पिनासमा सिंगान बगिरहदा तातो
पानीमा अदुवा÷पिप्ला आदि मिश्रीत
गरी पिउन सकिन्छ । हाच्छयूँ बढी आएमा
चिकित्सकको सल्लाहमा विभिन्न उपचारहरु अपनाउदै सहन सक्ने
तातो पानीमा तुलसीको पात, अदुवा र मह
मिश्रीत गरु चिया जस्तो बनाई पिएमा लाभ मल्दछ ।
नाक सुख्खा हुने र सिंगान नझर्ने ब्यक्तिहरुलाई भने
कागती पानीको सर्वतले फाईदा गर्दछ । रगत
आउने एवं अन्य विभिध समस्या र लक्षण भएका पिनासहरुमा भने
चिकित्सककै सल्लाह अनुरुप सादा तथा बढी
गर्मी उत्पन्न नहुने सामान्य सर्दी
प्रकृतिका खानाहरु खाँदा लाभ मिल्दछ ।
विशेष – पिनासको उपचारका लागि योसास क्लिनिक डा.
बराकोटीब्दय – लगनखेल, ललितपुरको बिशेष उपचार
विधिहरुबाट हजारौ पिनासका रोगीले पूर्ण लाभ प्राप्त गरेका
छन् । दीर्घ एवं पुराना रोगीहरुमा पनि
राम्ररी खाना बारेर िबशेष उपचार गराउदा पूर्ण
ठीक भएका छन् । त्येसैले खानपान जथाभावि
नगरी नियमित भै उपचार गराउनु अति नैं लाभदायक हुन्छ ।

Share this video :

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

 
Support : Copyright © 2013. Gaubeshikhabar - All Rights Reserved