Home » » “अब बन्दको प्रतिकारमा उत्रन ढिला गर्नुहुँदैन्” – शान्ता चौधरी

“अब बन्दको प्रतिकारमा उत्रन ढिला गर्नुहुँदैन्” – शान्ता चौधरी

“अब बन्दको प्रतिकारमा उत्रन ढिला
गर्नुहुँदैन्” – शान्ता चौधरी

काठमाठौँ, ५ मङ्सिर । बन्द, हडताल र नाकाबन्दीले
निम्त्याएको समस्या समाधान खोज्न नागरिक समाज,
मानवअधिकारकर्मी र बौद्धिक वर्ग सक्रिय हुनुपर्ने
आवश्यकता औँल्याइएको छ ।
लायन्स क्लब अफ काठमाडौँले आज यहाँ आयोजना गरेको शान्ति तथा
सद्भाव ऐक्यबद्धता कार्यक्रममा वक्ताहरुले नाकाबन्दीका
कारण मुलुकले विकराल समस्या भोगिरहँदा पनि नागरिक समाज,
गैरसरकारी सङ्घसंस्था र बौद्धिक वर्ग चुप लागेर
बसिरहेका बताए ।
पूर्व सभासद् शान्ता चौधरीले एकले अर्कालाई आरोप–
प्रत्यारोप लगाउने भन्दा पनि बन्द, हडताल र नाकाबन्दीका
कारण उत्पन्न समस्यालाई चाँडो समाधान गर्नेतर्फ केन्द्रित हुन
राजनीतिक नेतृत्वलाई आग्रह गर्नुभयो ।
बन्द र हडतालका कारण मुलुकले ठूलो क्षति व्यहोर्नु परेको उल्लेख
गर्दै उहाँले आन्दोलनको स्वरूप परिवर्तन गर्नुपर्ने, नभए अब
नागरिक स्तरबाटै बन्द, हडतालको प्रतिकार गर्नुपर्ने बताउनुभयो ।
क्लबका अध्यक्ष डिके ढुङ्गानाले नाकाबन्दीका कारण
औषधि जस्ता संवेदनशील वस्तुको अभाव हुँदा पनि सरकार
र अन्तर्राष्ट्रिय सङ्घसंस्थाले चासो नदेखाउनु दुःखको कुरा हो भन्नुभयो

मुलुकभित्र ६०० र बाहिर २११ राष्ट्रमा फैलिएको लायन्स क्लबले
शान्ति र सद्भाव कायम राख्न देशव्यापी अभियान सञ्चालन
गर्दैछ । रासस ।।।

Share this video :

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

 
Support : Copyright © 2013. Gaubeshikhabar - All Rights Reserved