Home » , » यस्तो छ सबैभन्दा विशाल र शक्तिशाली क्यामेरा

यस्तो छ सबैभन्दा विशाल र शक्तिशाली क्यामेरा

यस्तो छ सबैभन्दा विशाल र
शक्तिशाली क्यामेरा

अमेरिकी वैज्ञानिकहरूले अहिलेसम्मकै सबैभन्दा ठूलो र
सबैभन्दा बढी मेगापिक्सेल रेजुलुसन भएको विशाल क्यामेरा
निर्माण गर्न लागेको बताएका छन् ।
अन्तरिक्षको अध्ययन गर्न अहिलेसम्मकै सबैभन्दा
शक्तिशाली क्यामेराको निर्माण चिलीमा हुन
लागेको हो । खगोल विज्ञानको अध्ययन गर्ने ‘लार्ज साइनोप्टिक सर्भे
टेलिस्कोप’मा जडान हुने ३ दशमलव २ गिगापिक्सेलको यो क्यामेराबाट
आकाशमा रातका तारा, रहस्यमय क्षुद्र ग्रह, आकाश गंगा तथा
ब्ल्याकहोलका अर्बौं तस्बिर एवं दृश्य खिच्ने बताइएको छ ।
यो क्यामेराले खिचेको एउटै तस्बिर देखाउन १५ सयवटा हाई डिफिनिसन
टिभी सेट आवश्यक पर्नेछ । ८ दशमलव ४ मिटर लामो
तथा ३ टन तौलको यो क्यामेरा एउटा सानो कारको आकारको जत्रो र
अहिलेसम्मकै सबैभन्दा ठूलो क्यामेरा हुनेछ ।
यो क्यामेराको मद्दतबाट हानिकारक ग्रह तथा बिस्फोट भैरहेका
ताराहरूका सम्बन्धमा पनि अध्ययन गर्न सकिनेछ । यो क्यामेराको
निर्माण गर्न अमेरिकाको ऊर्जा विभागअन्तर्गतको
एसएलसी नेसलन एक्सलेरेटर ल्याबोरेटरीले
स्वीकृति प्रदान गरेको छ ।
यो क्यामेरामा प्रकाशको विभिन्न गतिका तरङहरू अवलोकन गर्न फिल्टर
चेजिङ प्रणाली एवं सेन्सरहरू जडान गरिएको छ । यो
क्यामेराले सन् २०२२ देखि आफ्नो १० वर्षे मिसन सुरु गर्ने कुरा पनि
समाचारमा जनाइएको छ ।

Share this video :

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

 
Support : Copyright © 2013. Gaubeshikhabar - All Rights Reserved