अमेरिकाबाट फर्किए आदित्य, नाकाबन्दीबारे दिए
राजनीतिक जवाफ
५ मंसिर, काठमाडौं । शारीरिक अशक्तताको उपचारका लागि साढे
तीन महिनाअघि अमेरिका पुर्याइएका अद्भूत क्षमताका बालक
आदित्य दाहाल स्वदेश फर्केका छन् ।
अनेकौं परिक्षण र लामो अनुसन्धानका बाबजुद अमेरिकी
डाक्टरहरुले उनको रोग पहिचान गर्न सकेनन् । यद्यपी
स्वास्थयमा सामान्य सुधार आएको छ ।
क्यालिफोर्नियास्थित स्टानफोर्ड अस्पतालमा आदित्यको स्वास्थ्य अनुसन्धान
भएको थियो । एमआरआई गर्दा मस्तिष्कमा आइरन जम्मा भएको देखिएपछि
उनलाई न्यूरोलोजिकल डिजेनेरेसन विथ ब्रेन आइरन एकुमुलेसन डिसअर्डर
(एनबिआइए) भएको चिकित्सकहरुले आशंका गरे ।
तर, एनबिआइएका १३ वटा प्रकारमा आदित्यका लक्षणहरु मेल नखाएपछि
उनीहरुले एनबिआइए भएको ठहर गर्न सकेनन् । न्यूरो
सर्जन किथ भान हारेनको टोलीले थप अनुसन्धान गर्नका लागि
उनको रगत तथा जीनको नमुना लिएको छ ।
उक्त परिक्षणको रिपोर्ट आउन अझै केहि महिना लाग्ने भएपछि आदित्यले
स्वदेश फर्किने इच्छा व्यक्त गरेका थिए । डाक्टरहरुले अन्तिम रिपोर्ट
आएपछि फेरि अस्पताल ल्याउन सुझाव दिएको आदित्य संरक्षण प्रतिष्ठानले
जनाएको छ ।
स्वास्थ्यमा सामान्य सुधार
आदित्यलाई अमेरिकी डाक्टरहरुले अहिलेसम्म कुनै औषधि
चलाएका छैनन् । यद्यपि फिजियोथेरापी र न्यू्ट्रिसनको माध्यमले
स्वास्थ्यमा सामान्य सुधार आएको आदित्यका बाबु शेषराज दाहालले बताए ।
‘उसको शारिरीक क्रियाकलापमा पहिलेभन्दा थोरै सुधार भएको छ,’
अनलाइनखबरसँग कुरा गर्दै उनले भने-‘हाम्रो लागि यो पनि ठूलो कुरा हो ।’
आदित्य कुनै वस्तुमा सहारा लिएर उभिन सक्ने भएका छन् । पहिले हातका
औंलाहरु सँधै मुठ्ठी पारेका हुन्थे, जून अहिले खुलेको छ ।
मुखबाट र्याल निस्कन निकै कम भएको छ । चोर अम्ला सोझो बनाएर नाक कान
कोट्याउन सक्छन् । यसबाहेक अन्य सुधार नगण्य छन् । बोल्ने क्षमतामा
कुनै प्रगति भएको छैन ।
डाक्टरहरुले उनलाई नियमित फिजियोथेरापी गराउन दुई दुई घन्टामा
पोषणयुक्त खानेकुरा खुवाउन, होहल्ला र भिडभाडबाट टाढा राख्न सुझाव दिएका
छन् ।Onlinekhabar
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें