Home » , » जानीराखौं – डाक्टरले बिरामी जाँच्दा सबैभन्दा पहिले जिब्रो हेर्नुको कारण ? – स्कारलेट ज्वरो के हो, यसका लक्षण र रोगथाम ?

जानीराखौं – डाक्टरले बिरामी जाँच्दा सबैभन्दा पहिले जिब्रो हेर्नुको कारण ? – स्कारलेट ज्वरो के हो, यसका लक्षण र रोगथाम ?


जानीराखौं – डाक्टरले
बिरामी जाँच्दा सबैभन्दा पहिले
जिब्रो हेर्नुको कारण ? – स्कारलेट ज्वरो
के हो, यसका लक्षण र रोगथाम ?

हाम्रो मुखमा करिब १० हजार स्वादग्रन्थी (टेष्ट बड्स)
हुन्छन् । जसमा अधिकांश जिब्रोमा हुन्छन् । जिब्रोको अलग–अलग
भागमा रहने टेष्ट बड्स अलग–अलग स्वादका लागि हुन्छन् ।
मीठो स्वादका लागि जिब्रोको अगाडिको भागमा टेष्ट बड्स
हुन्छन् भने अमिलो स्वादका लागि जिब्रोको दुवै किनारामा हुन्छन् ।
तितोका लागि जिब्रोको पछाडिको भागमा स्वाद ग्रन्थी हुन्छन्
। जब हामी कुनै पनि खाद्यपदार्थ खान्छौं, तिनमा भएका
रसायनले टेष्ट बड्सलाई सचेत गराउँछ र स्वादको सन्देश दिमागसम्म
पुग्छ ।

सामान्यतः महिलामा पुरुषको तुलनामा टेष्ट बड्स
बढी हुन्छ । यसरी जिब्रोको मुख्य कार्य
स्वाद लिनु हो । तर, जिब्रोले मानिसको स्वास्थ्यका बारेमा पनि
बताइरहेको हुन्छ ।
यदि जिब्रो स्वस्थ छैन भने त्यसले स्वास्थ्यमा समेत असर पारिरहेको
हुन्छ । चिनिया चिकित्सा र नेचुरोप्याथीका अनुसार जिब्रोको
सम्बन्ध शरीरका कयौं हिस्सासंग हुन्छ । जिब्रोको रंग र
छालाका आधारमा स्वास्थ्य अवस्था पत्ता लगाउन सकिन्छ ।
डाक्टरले बिरामी जाँच्दा सबैभन्दा पहिले जिब्रो हेर्नु पनि
यहीकारण हो । जिब्रोका आधारमा कुनै रोगको अनुमान
गरिरहेका हुन्छन् डाक्टरहरु ।

जिब्रो सुक्नु आममानिसको समस्या हो । डिहाइड्रेसन वा
स्लाइभरी ग्ल्याण्डको समस्याका कारण जिब्रो सुख्खा
हुन्छ । यदि जिब्रोमा सुुख्खापन या तनावमध्ये कुनै पनि लक्षण
महसुस भएको छ भने डाक्टरसंग सम्पर्क गर्नुपर्छ ।
सही समयमा लक्षण थाहा पाएर उपचार गर्ने हो भने
कयौं स्वास्थ्य समस्यालाई रोक्न सकिन्छ । सेतो पत्र जम्नु यदि
जिब्रोमा पातलो सेतो पत्र जमेको देखिन्छ भने कुनै चिन्ता मान्नु पर्दैन ।
यो कुनै स्वास्थ्य समस्या होइन । तर, सेतो पत्र मोटो भयो र रंग गाढा
सेतो भयो भने ब्याक्टेरियल संक्रमणको संकेत हुन सक्छ । चिनिया
चिकित्सा पद्दतिअनुसार यस्तो हुनु पाचनप्रणालीमा
गडबढीको संकेत हुन सक्छ । यस अवस्थामा भने
डाक्टरसंग सम्पर्क गर्नुपर्छ ।

अल्सर या घाउ हुनु

जिब्रोमा स–साना दुख्ने घाउ हुनु आम समस्या हो । तनाव तथा
चिन्ताका साथै हर्मोनमा भइरहने परिवर्तनका कारण यस्तो हुन सक्छ
। यो कुनै खास रोगको लक्षण पनि होइन । यस्ता घाउ
केही दिनमै ठीक हुन्छ । तर,
केही खास खालका घाउ या अल्सर शरीरमा
एलर्जीको रियाक्सन, भाइरस संक्रमण तथा
प्रतिरोधी प्रणालीमा गडबडीको
संकेत हुन सक्छ । यदि जिब्रोको एकापट्टिमात्रै पीडा
भइरहेको छ भने तत्काल डाक्टरसंग सम्पर्क गर्नुहोला । यस्तो
समस्या क्यान्सरको लक्षण पनि हुन सक्छ ।

रंग परिवर्तन हुनु

हल्का पहेंलो जिब्र्रोले शरीरमा आइरनको
कमीको संकेत गर्छ । अर्कोतिर रातो जिब्रो खानामा नियासिनको
कमीको संकेत गर्छ । यदि जिब्रो स्ट्रबेरी
रंगको छ भने यसको अर्थ हो तपाईंलाई स्कारलेट फिभर हुन सक्छ ।
सेतो दाग ज्वरो, डिहाइड्रेसन, ओरल क्यान्डिडाइसिस, साइफिलिस गराउने
ल्यूकोप्लेकियाका कारणले हुन सक्छ । जिब्रो सुन्निने र रातो हुने
स्थितिलाई ग्लोसाइटिस भनिन्छ, जो ब्याक्टेरिया या भाइरस इन्फेक्सनको
कारणबाट हुन सक्छ । यो संक्रमण मुखको ठीकसंग
सफाई नगर्दा, जिब्रो छेड्दा या मसाला, रक्सी या
सुर्तीको अधिक सेवनका कारणले हुन सक्छ । कयौंपटक
जिब्रोको आकार पनि बढ्छ । यस अवस्थालाई मेडिकल भाषामा
म्याक्रोग्लोसिया भनिन्छ । यो थाइराइड र हर्मोनको
गडबडीले हुने समस्या हो ।

Share this video :

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

 
Support : Copyright © 2013. Gaubeshikhabar - All Rights Reserved