बारम्बार टाउको दुख्छ ? यी हुन
सक्छन् कारण जान्नुहोस्
शरिर कहिलेकाहीँ अस्वस्थ हुनु स्व्भाविक हो । तर,
निरन्तर शारीरिक रुपमा कम्जोरी वा अस्वथ भएमा
चिकित्सकको परामर्श लिनुपर्छ । तपाईँलाई बारम्बार टाउको दुःख्ने समस्या त
छैन ? यदि छ भने ख्याल गर्नुहोस् यस पछाडि विभिन्न कारणहरु हुन
सक्छन् ।
असमान्य उच्चरक्त चाप
उच्च रक्तचाप एक ‘साइलेन्ट किलर’ नै हो यद्यपी यसको
खास लक्षण हुँदैन । यदि तपाईँलाई कडा रुपमा टाउको दुःखिरहन्छ भने
तपाईँ केही समयदेखि उच्च रक्तचापले पीडित
हुनुहुन्छ भन्ने बुभm्न ढिलाई नगर्नुहोस् ।
सामान्यतया १४०÷ ९० लाई समान्य रक्तचाप अवस्थाको रुपमा लिइन्छ । तर,
तपाईँको रक्तचाप १८०÷१२० छ भने खतराको संकेत हो । यसले तपार्इँको
कुनै पनि अंगलाई हानी गर्ने सम्भावना हुन्छ । निरन्तर टाउको
दुख्छ भने तत्कालै नजिकको चिकित्सककहाँ वा मुटु विशेषज्ञको परामर्श
लिनुपर्छ । निरन्तर टाउको दुख्ने मानिसमा उच्च रक्त चाप हुने यसअघिका
विभिन्न अध्ययनहरुले पनि पुष्टि गरिसकेका छन् । टाउको दुखाईसँगै धमिलो
देख्ने, स्मरण हराउने, रिंगटा लाग्ने, कमजोर महशुस हुने, छात दुख्ने
समस्या रक्तचापका अन्य लक्षणहरु हुन् ।
मुटुमा कडा स्ट्रोक
उच्च रक्तचापसँगै ह्दयघात पनि आकस्मिक रुपमा हुन्छ । हृदयघातको
प्रमुख लक्षण टाउको दुःख्नु हो । दिमागमा रगतको प्रवाह रोकिनु स्ट्रोकको
लक्षण हो, जुन विभिन्न कारणहरुले हुने गर्छन् ।
नेसनल इन्स्टिच्युट
अफ न्युरोलोजिकल डिसअर्डर एन्ड स्ट्रोकका अनुसार हृदयघात हुनुअघि
कडा टाउको दुख्ने गर्छ । तपाईँलाई छातीमा पिडा हुन्छ भने
तत्काल चिकित्सकीय सहयोगको आवश्यक छ भन्ने
बुझ्नुहोस । अतिरिक्त हृदयघात हुँदा टाउको दुख्नुको अगाडि बोल्न
अप्ठ्यारो हुने, आँखा धमिलो हुने, सन्तुलन गुमाउने, हिड्न गाह«ो र
शरीरको एउटा पाखोमा कमजोर महशुस हुने गर्छ ।
ग्लुकोजको मात्रा न्यून
यदि तपार्इँको शरीरमा ग्लुकोजको मात्र कम भएको छ भने पनि
निकै कडा रुपमा टाउको दुख्छ । यस्तो अवस्थालाई चिकित्सकीय
भाषामा हाइपोग्लाइसिमिया भनिन्छ । शरिर भित्रका गतिबिधि
सक्रीय सञ्चालनका लागि हाम्रो शरिरमा निरन्तर ग्लुकोज
प्रवाहको आवश्यकता पर्छ । न्युन ग्लुकोजले सुरुमा दिमागलाई प्रभाव
पार्छ र विस्तारै अन्य अंगहरुमा पनि असर देखिन्छ । तर न्युन ग्लुकोजकै
कारण तपाईको टाउको दुख्ने गरेको छ भने पर्याप्त तरल पर्दाथ र
कार्बोहाइडे«डयुक्त खानेकुरा खानुभयो भने पनि केही
हदसम्म मुक्ती पाउनुुहुनेछ । चिनियुक्त खानेकुराबाट टाढै
रहनुहोस् तर शरीरको ग्लुकोज तहलाई पनि कायमै
राख्नुहोस । हाइपोग्लाइसिमिया निकै खतरनाक अवस्था हो जसका कारण
मानिसको अकस्मात् मृत्युसम्म हुुन सक्छ । तपार्इँ लामो समयदेखि भोकाउनु
भएको छ र निरन्तर टाउको दुःख्छ भने ब्लड ग्लुकोजको तहलाई कायम
गर्नका लागि पनि केही न केही खानेकुरा
खानुहोस् । रिंगटा लाग्ने, धमिलो देख्ने, शरिरमा पसिना बग्ने, दिक्क लाग्ने,
अनियमित रुपमा धड्कन चल्ने र चिसो महशुस हुनु हाइपोग्लाइसिमियाको
अन्य लक्षण हुन् ।
दिमागमा संक्रमण
तपाईँलाई गम्भीर रुपमा टाउकोमा संक्रमण जस्तै मेनेन्जाइटिस
भएको छ भने पनि अत्यधिक रुपमा टाउको दुख्न सक्छ । तसर्थ यसबारेमा
आजैदेखि बिचार पुयाउनुहोस् । भाइरल अथवा ब्याक्टेरियाका कारण दिमाग
ढाक्ने पत्र र स्नायु प्रणालीको स्पाइनल कोर्डमा
पीडा बढाउनु मेनेन्जाइटिस हो । यसको समयमै पहिचान गरिएन
भने मानिसको ज्यान नै जोखिममा हुने गर्छ । अत्यधिक टाउको दुखाइका
अतिरिक्त ज्वरो, शरिरमा रातो फोका आउनु, गर्धन दुख्ने, उज्यालोमा हेर्न
नसक्नु, शरिरका मांशपेशी लचकदार नहुनु म्यानेन्जाइटिसका
अन्य लक्षणहरु हुन् ।
आन्तरिक रक्त प्रबाह
उच्च रक्तचाप वा अन्य मानसिक समस्याहरुका कारण
कहिलेकाही दिमागको रक्तनली फुट्न गई दिमागमै
रगत वग्न सक्छ जसका कारण पनि खपिनक्नु टाउको दुख्न सक्छ ।
दिमागको कुनै रक्त नली च्यातिएमा शरिरको कुनै अंग निकै
कमजोर हुनुका साथै गम्भीर टाउको दुख्न सक्छ । आखाँमाथिको
भाग दुख्नु, आखाँका नानीहरु केही फराकिलो
देखिनु, आखाँका ढकनी कमजोर देखिनु, धमिलो देख्नु, रिंगटा
लाग्नु, चेतना गुमाउनु आन्तरिक रक्त प्रवाहका अन्य लक्षणहरु हुन् ।
टाउकोमा लागेको गम्भीर चोट बल्झिनु
यदि कुनै वेला तपाईको टाउकोमा गम्भीर चोट लागेको छ भने पनि
बारम्बार यो बल्झिन सक्छ जसका कारण खप्नै नसक्ने गरी
टाउको दुख्छ । तसर्थ कुनै दुर्घटनापछि वा घाइते भएपछि तपाईलाई भएको
पीडा वा उपचारबारे जीवनकालभर ध्यान दिनुहोस ।
टाउकोको खप्पर वा दिमागको रक्त नलीमा हुने अशरले
दीर्धकालिन रुपमा टाउको दुख्छ । वाकवाकी लाग्नु,
कुनै पनि विषयमा ध्यान केन्द्रित गर्न नसक्नु, स्मरण हराउनु, शरिरका
कुनै अंगहरु दुख्नु, धमिलो देख्नु, भोक नलाग्नु टाउको चोट बल्झिदाका
लक्षणहरु हुन् ।
उमेरसँग सम्बन्धित समस्या
यदि तपाई ५०वर्ष भन्दा बढी हुनुभएको छ र बेग्लै ढंगले
टाउको दुखेको छ भने अब उपचार गर्ने बेला आएको छ भन्ने बुझ्न ढिलाई
नगर्नुहोस् । टाउकोका कोषहरुमा समस्या वा ब्रेन ट्युमरका कारणले पनि
टाउको दुख्ने गर्छ । स्वास्थ्य खबरपत्रिका बाट
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें