Home » » मुखको दुर्गन्धबाट यसरी छुटकारा पाउनुहोस्

मुखको दुर्गन्धबाट यसरी छुटकारा पाउनुहोस्


मुखको दुर्गन्धबाट यसरी छुटकारा
पाउनुहोस्

झट्ट बाहिरबाट हेर्दा स्वस्थ देखिने मानिसको मुखबाट ह्वास्स दुर्गन्ध
निस्किँदा नजिकका साथी भाईले नराम्रो प्रतिक्रिया दिँदा जो
कोहीको पनि मन दुख्न सक्छ । जुन स्वाभाविक पनि हो ।
अरूले आफूलाई नराम्रो नभनिदियोस् भन्ने सबैको चाहना हुन्छ । तर, मुख
गन्हाउने समस्याले गर्दा धेरैको त्यो चाहना पूरा हुन सक्दैन। झट्ट
हेर्दा सामान्य देखिए पनि मुखको दुर्गन्धका कारण कतिपय मानिस आफैंदेखि
दिक्क मान्ने गरेका प्रशस्त उदाहरण छन्।
मुख गन्हाउने समस्याले साथीभाइबीच मात्र नभई
श्रीमान् श्रीमतीबीचको
सम्बन्धमा समेत आँच आउन सक्छ। दन्तरोग विशेषज्ञका अनुसार मुख
गन्हाउने समस्या धेरैजसो आफ्नै कारणले उत्पन्न हुने गर्छ जसको
समयमै ख्याल नगर्दा मानिस आफैं लाजमर्दो अवस्थामा बस्नुपर्छ।
चिकित्सकका अनुसार मुखबाट दुर्गन्ध आउने रोगलाई चिकित्सा क्षेत्रमा
‘हेलिटासिस्’ भनिन्छ। मुख गन्हाउने समस्या नदेखिने रोग हो। यो रोगबाट
विश्वका आधा जनसंख्या प्रभावित छन्। नेपालमा त धेरैजसो मानिस मुख
गन्हाउने समस्याबाट गुज्रिएको पाइन्छ। मुख गन्हाउने समस्याबाट सबै
उमेरसमूहका मानिस प्रभावित छन्।

मुखमा दुर्गन्ध भएको मानिसले कुरा गर्दा वा सास फेर्दा मुखबाट निस्कने
हावा पनि दुर्गन्धित हुन्छ। यसको असर नजिकका मानिसलाई पर्न जान्छ।
मुखबाट गन्ध आउने रोग भएका बिरामीलाई कतिपयले
जानीनजानी घृणा गरिरहेको पाइन्छ।
कतिपयले आफ्नो मुख गन्हाउने समस्या भएकोबारे जान्दाजान्दै पनि बेवास्ता
गर्दा साथीभाइका अगाडि शिर झुकाउनुपर्ने अवस्था आइलाग्छ।

यस्तो अवस्था आउन नदिन हामीले समयमै विचार
पुर्याउनुपर्छ। सबैभन्दा पहिले आफ्नो मुख गन्हाउँछ कि गन्हाउँदैन
भन्नेबारे आफैं जानकार हुनुपर्ने चिकित्सक बताउँछन्। आफैं थाहा पाएमा
अरूको अगाडि नराम्रो पनि बनिँदैन। सामान्यतस् आफ्नो मुख कत्तिको
गन्हाउँछ भनेर थाहा पाउन मास्क लगाएर, सुँघेर वा मुखनजिक हात लगेर
श्वास छोड्दा थाहा हुन्छ। त्यसरी थाहा पाउन सकिएन भने
आफ्नो नजिकको मानिसलाई सुँघ्न लगाउन सकिन्छ।

किन मुखबाट गन्ध आउँछ ?

चिकित्सकका अनुसार मुख गन्हाउने समस्या खानपानसहित अन्य
केही स्वास्थ्य समस्याका कारण देखा पर्छ। यसबाट सजिलै
छुटकारा पनि पाउन सकिन्छ। भनिन्छ, धेरैजसो अवस्थामा पाचन क्रिया
सही नभएपछि मुखबाट दुर्गन्ध आउँछ। वास्तवमा खानाको रस
पेटभित्र कुहिन थालेपछि मुखबाट दुर्गन्ध आउने हो। यसका साथै
कब्जियत, पेटमा घाउ, अत्यधिक रक्सी सेवन, दाँत तथा गिजाको
समस्या भएकाहरूमा मुख गन्हाउने समस्या हुन्छ।
यसरी मुखबाट दुर्गन्ध आउनुका कारणमा दाँतमा फोहोर जम्नु,
टन्सिलको इन्फेक्सन हुनु, नाक या साइनसमा विकार आउनु, मुखमा घाउ
निस्कनु, श्वासनली या फोक्सोको विकार हुनु आदि मानिन्छन्।
यस्तै जिब्रोमा फोहोर जम्मा हुनु, नक्कली दाँत हालिनु,
धूमपान, तमाखु, गुट्खा आदि खानु, मदिरापान, मधुमेह, कब्जियत, पेटको
अल्सर, अपच, टीबी, निमोनिया, साइनस, डिप्थिया,
लसुनप्याज खानु, दाँतमा खाना अड्किनु, दाँत नियमित नमाझ्नु आदि कारणले
पनि मुखबाट दुर्गन्ध आउँछ।
मुखको दुर्गन्धबाट छुटकारा
मुखको दुर्गन्धको समस्याबाट बच्न दैनिक कम्तीमा पनि
दुईपटक ब्रस गर्नुपर्छ र जिब्रो सफा राख्नुपर्छ। दाँतको समस्याका कारण
मुख गन्हाउने भएकाले नियमित परीक्षण गराउनुपर्ने डा।
कोइराला बताउँछन्।
एन्टी ब्याक्टेरियल तत्त्व हुने भएकाले ग्रिन
टीले पनि मुख गन्हाउने समस्या कम गर्छ। मुखको गन्ध
आउने मानिसले बढी पानी पिउनुपर्छ। मिन्टवाला
चुइङ्गम चपाउन पनि सकिन्छ।

केही घरेलु उपाय

तोरीको तेलमा थोरै नुन मिसाएर दैनिक एकपटक दाँत तथा गिजाको
मालिस गर्नाले पनि दुर्गन्ध कम हुन्छ। यस्तै अनारको बोक्रा
पानीमा उमालेर कुला गर्ने, सुक्खा धनिया चपाउने गर्नाले पनि
मुखको दुर्गन्ध हट्छ। तुलसीको चारपाँचवटा पात दिनहुँ खाएर
पानी पिउनाले, एउटा ल्वाङ मुखमा राखेर चुस्नाले र खाना खाएपछि
आधा चम्चा सौंफ चपाउनाले पनि खाना पच्ने र मुख गन्हाउने समस्याबाट
छुटकारा मिल्छ। यति गर्दा पनि दुर्गन्ध हटेन भने चिकित्सकको सल्लाह
लिनुपर्छ। एजेन्सीको सहयोगमा

Share this video :

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

 
Support : Copyright © 2013. Gaubeshikhabar - All Rights Reserved