कागतीको प्रयोग केमा
कसरी ?
कागतीले सौन्दर्य र घरको शोभा बढाँउछ भनेर पुराणमा लेखिएको
छ । यसले पाचन शक्ति वृृद्धि गर्छ, भोक जगाउँछ र शरीरमा
स्फुर्ति बढाउँछ । यसमा पर्याप्त मात्रामा भिटामिन ‘सी’ पाईन्छ
। दालसँग प्रयोग गर्दा कागतीले शररीमा लौहतत्व
शोषण गर्न मद्दत गर्दछ । सधैँ कागती खाने घरका मानिस
बिरामी हुदैनन् भन्ने प्राचीन मान्यता छ । यसमा
पाईने अमिलो तत्व (सिट्रिक एसिड)मा औषधिको गुण हुन्छ ।
वाकवाकी लागेमा : काटेर नुनमा मिसाएर चाट्ने ।
उच्च रक्तचापमा : एक चम्चा रस एक कप पानीमा मिसाएर
पिउने ।
जन्डिस हुँदा : १० वटाजति पात पानीमा उमालेर पिउने ।
घाँटी दुख्दा : उमालेको पानीमा महसँग मिसाएर
पिउने ।
मुख गन्हाउँदा : रस पानीमा अलिकती हालेर
कुल्ला गर्ने ।
मुखमा घाउ भएमा : रस पानीमा हालेर बारम्बार पिउने ।
दाँतबाट रगत आएमा : बोक्रा सुकाएर पिस्ने र कम नुनमा मिसाएर दाँत माझ्ने ।
चिसो लाग्दा : एक कप तातो पानीमा निचोरेर एक चम्चा मह
मिसाउने र बारम्बार पिउने ।
लु लागेका बेला : दुई चम्चा चिनी ,आधा चम्चा नुन र
तीन चम्चा कागतीको रस पानीमा
मिसाएर पिउने ।
पसिना गन्हाउने समस्यामा : पानीमा दुई चम्चा रस राखेर
नुहाउने, नुहाईसकेपछि बोक्रा काखी र खुटटामा दल्ने ।
छालाको सौन्दर्य बढाउन : अलिकती बेसन र
दहीमा रस मिसाएर लगातार अनुहारमा लेप लगाउने र
केहिबेरपछि धुने ।
जुम्रा पर्दा : दुई चम्चा रस र १/२ चम्चा लसुनको लेदो बनाएर ३/४
घण्टासम्म टाउकोमा लगाउने । कपालको जरामा लेदोले मसाज गर्ने । ३ /४
घण्टापछि पखाल्ने । जुम्रा ननिख्रनुजेल सातामा २\३ चोटी दोहो
¥याउने ।
अपच भएका बेला :कागती र अदुवाको सानासाना टुक्रा पारेर खाने
। -स्वास्थ्य खबरपत्रिका बाट
कागतीको प्रयोग केमा कसरी ?
Posted by Diyu poudel
Posted on 5:50 am
with No comments
लेबल:
रोचक जानकारी,
स्वास्थ्य
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें