कसरी गर्ने साथीसँग
यौन सम्पर्कका कुरा ?
काठमाडौं । प्रेमी र प्रेमिका अथवा पति–पत्निबीच
नै सम्भोग (यौन सम्पर्क)का कुरा गर्न अहिले पनि लजाउने र डराउने
गरिएको पाइन्छ । सायद यसका कारण समाजमा सम्भोग
सम्बन्धी गलत जानकारीले गलत धारणा स्थापित
गरेको छ । यस विषय दुईमत रहँदैन कि कुनै पनि जोडीको
सम्बन्धलाई अधिक सुन्दर तथा मजबुद बनाउन सम्भोगको विशेष र
महत्वपूर्ण भूमिका रहन्छ ।
कामसुत्रमा स्त्री र पुरुषको शारीरिक संरचना र
मनोविज्ञानको बारेमा राम्रोसँग उल्लेख गरेको छ । यसले भनेको छ कि,
‘प्रेमको आधार नै सम्भोग हो । शरीर र मन अलग अलग
भएपनि दुवैलाई एक बनाउने आधार पनि हो ।’ यदी यौन
जीवनमा असन्तुष्टिको स्थिति पैदा भए आपसी
सम्बन्ध समेत टुट्न सक्ने अवस्था आउन सक्छ । यस कारण तपाईं
आफ्नो साथीसँग यौनका बारेमा खुलेर कुरा गर्नु अति आवश्यक
छ । यसले तपाईं वर्तमान र भविश्यमा हुन सक्ने समस्याबाट बच्न सक्नु
हुन्छ । यस विषयमा कामसुत्रले जानकारी दिन्छ कि,
‘सम्भोगका बारेमा खुलेर कुरा गर्दा तपाई आफ्नो वैवाहिक
जीवनलाई आफ्नो साथीसँगको सम्बन्धमा
सामञ्जस्य बनाएर खुशीयाली र रोमाञ्चक बनाउन
सक्नुहुन्छ ।’
कामसुत्रको किताब सेक्सको बारेमा मात्रै उल्लेख छैन यसको अलवा व्यक्तिको
जीवन शैली, पत्नीको कर्तव्य,
गृहकला, नाट्यकला, सौन्दर्यशास्त्र, चित्रकारी र वेश्याको
जीवन शैली आदि जीवनका बारेमा
विस्तार र चर्चा गरिएको छ । यसैको आधारमा सम्बन्ध मजबुद बनाउन
सम्भोगका विषयमा साथीसँग खुलेर कुरा गर्नुपर्ने पहिलो सर्त
रहेको छ ।
एक अर्काको विश्वास जितौ
विश्वास जुन सुकै सम्बन्धमा निकै महत्वपूर्ण हुन्छ । तपाईं विवाहित
हुनुहुन्छ भने यो अति आवश्यक पर्छ कि तपाईंहरुले एक अर्काको
विश्वास गर्नुपर्ने छ । यदी तपाईं एक अर्काे प्रति पूर्ण
विश्वास नगरे यसको असर तपाईंको आपसी
शारीरिक र मानसिक सम्बन्धमा पर्ने छ ।
साथीसँग सम्भोगका बारेमा चर्चा गर्नुहोस्
सम्भोगका बेला कुनै पनि यौन आसनको अनुसरण गर्नु अघि आफ्नो
साथीसँग यस विषयमा खुलेर कुरा गर्नुहोस् । यदी
तपाईं सम्भोगको पूरा आनन्द लिन चाहानु हुन्छ भने यौन आसनका बारेमा
तपाईंसँग सही जानकारी हुनु आवश्यक छ ।
यसका लागि कामसुत्रको किताब साथमा राखेर अध्ययन गर्न सक्नुहुन्छ । र
प्रत्येक विषयमा आफ्नो साथीसँग चर्चा गर्नुहोस् । यस
प्रकारले तपाईं दुवैकोबीच सामञ्जस्यको स्थिति बन्नेछ ।
सहयोगको भावना
कामसुत्र तपाईंको जीवन सुखद बनाउने चावी हो ।
यसको उद्देश्य मानवको जीवन र सम्बन्धमा मधुरता ल्याउने
हो । यसर्थ यसले बताएको छ कि, सम्भोगका बेला मात्रै होइन कुनै पनि
कार्यमा दुवै पक्षको साथ सहयोग हुन आवश्यक छ । प्रेमको उत्पत्ति
सिर्फ मन वा हृदयमा मात्रै होइन शरीरमा पनि हुन्छ ।
स्त्री–पुरुषले यदी एक अर्काेको
शरीरसँग प्रेम नगरे त मन, हृदय या आत्मासँग प्रेम गर्नुको
कुनै महत्व नै हुँदैन । कामसुत्रले स्वीकारेको छ कि,
‘प्रेमको सुरुवात नै शरीरबाट हुन्छ ।’ तपाईं कामसुत्रको
अनुसरण अपासी सहयोगमा गर्न सके तपाईंको
जीवनको परम आनन्दको अनुभूति हुनेमा कुनै शंका नै छैन् ।
कामसुत्र यस कारण लेखिएको होकी व्यक्तिमा सेक्सप्रति
फैलिएको गलत धारणा चिर्दै सेक्सको शक्तिले आफ्नो जीवन
सुन्दर बनाउन सकोस् ।
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें