खोटाङ जिल्ला सदरमुकाममा भीषण आगलागी
================================
पूर्व पहाडी जिल्ला खोटाङको जिल्ला सदरमुकाम दिक्तेलमा
बिहिबार दिउँसो भिषण आगलागी भएको छ । दिक्तेल नगरपालिका २
स्थित रत्नपार्कमा बिहीबार दिउसो ३ बजे भिषण
आगालागी हुँदा ६ घर नष्ट भएको छ ।
स्थानीयवासी, जनपथ, सशस्त्र र
नेपाली सेनाले डेढ घण्टापछि आगो नियन्त्रणमा लिन सफल भएका
कारण ठूलो क्षति हुन पाएन ।
समाचार अनुसार रत्नपार्कस्थित हिरालाल पुरीको घरबाट सल्किएको
आगोले पुरीको सहित पाँच घरमा क्षति पुगेको छ । केशव दाहाल,
दानबहादुर मगर, रविध्वज राई, हर्कबहादुर राईको घरमा क्षति पुगेको हो ।
यसमध्ये हिरालाल पुरी र केशव दाहालको घर पूर्ण रूपमा आगोले
नष्ट गरेको छ । कसरी आगोलागी भएको भन्ने
यकीन हुन सकेको छैन । प्रहरीले भने विद्युत
सर्ट भएर आगोलागी भएको हुन सक्ने अनुमान गरेको छ ।
आगोलागी भएको २० मिनेटपछि आएको दिक्तेल नगरपालिकाको
दमकल पानी विनै आएकाले त्यसले आगो निभाउन सकेन । आधा
घण्टा लगाएर बेसक्याम्पस्थित पानी ट्याङकीबाट
पानी भरेर ल्याएको थियो ।
दमकलको ड्राइभर युवराज गुरुङ विदामा बसेकाले जिल्ला प्रशासन कार्यालयका
ड्राभइभर केदार दाहालले दमकल चलाएका थिए । नगरपालिकाको
हेल्चेक्र्याइप्रति स्थानीय आक्रोशित बनेका छन् । नगर
अधिकृत नारायण ढकालले भने जानकारी आएको आठ मिनेटमै
घटनास्थलमा दमकल पुर्याइएको दाबी गरे ।स्रोत -
NepalJapanDotCom
Click Here
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें