जंगली हात्तीको आक्रमणबाट झापामा एक जनाको मृत्यु
=======================================
झापा २ पुस – झापाको मेचीनगरमा
जंगली हात्तीको
आक्रमणबाट गएराति एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु
हुनेमा मेचीनगर–
४निवासी ६८ वर्षीय डम्वर कुँवर रहेको जिल्ला प्रहरी
कार्यालय झापाले जनाएको छ । गएराति गाउँ छिरेको
जंगली हात्ती लखेट्ने क्रममा आक्रमण गरेको र दाराले
घाटीमा रोपेपछि कुँवरको घटनास्थलमा नै मृत्यु भएको
स्थानीयवासीले बताएका छन् ।स्थानीय जंगलबाट
निस्किएको हात्ती धपाउन गाउँले भेला भएको र हात्ती
धपाउदा धपाउदै कुँवरलाई आक्रमण गरेको प्रहरीले जनाएको
छ ।
Click Here
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें