यौन समस्यामा तुलसीको प्रयोग
==========
(जानकारी शेयर गर्ने गर्नुहोला ता की तपाइको
फेसबुक हेर्नेले पनि केही ज्ञान पाओस...तपाईलाई काम नलागे
पनि तपाइको साथीलाई/आफन्तलाई कामलाग्न सक्छ )
========
आयुर्वेदमा तुलसीको प्रयोग र गुणलाई महत्व दिइएको पाइन्छ ।
प्राचीन चिकित्सा वैज्ञानिक महर्षि चरकले चरक संहितामा
तुलसीको रोगनाशक गुणको बारेमा उल्लेख गरेका छन् ।
तुलसी पाँच प्रकारको भएको मानिन्छ । तैपनि रंगका आधारमा दुई
थरीका हुन्छन् । श्याम तुलसी (गाढा हरिया र कालो)
र श्वेत तुलसी (सेतो, हल्का हरियो, हल्का पहेँलो) । दुई
थरी तुलसी भएपनि यसको गुणमा भने त्यति धेरै
भिन्नता हुँदैन । आयुर्वेदीय दृष्टिमा तुलसीमा
कफवात नाशक, दुर्गन्धनाशक, ज्वर नाशक, श्वेतदकारक, शोथ नाशक, कृमि
नाशक, रक्तशोधक आदि गुणहरु रहेका हुन्छन् । तुलसीको
रुखले हावाको प्रदुषण घटाई हानिकारक कीरालाई भगाउँछ ।
तुलसीको सुकेको हाँगालाई कोठामा राख्नु पनि स्वस्थकर हुन्छ ।
रोगहरुमा तुलसीको प्रयोग
पेटका रोगहरुमा
पेटमा वायु बढिरहने, मन्दाग्नी, अपच एवं अम्लपित्त भैरहने
व्यक्तिले तुलसीको पात पकाएर नित्य खाली पेटमा
खाने गर्दा पेटको खराबी क्रमसः हट्छ । कलेजोको रोग भएमा
नित्य खाली पेटमा तुलसीको चिया पिउने एवं
तुलसीको रस १–२ चम्चा बिहान बेलुका खाने वा
तुलसीको पात सफा गरेर १–२ वटा दिनहुँ खाने गर्दा कलेजोको
रोगमा लाभ हुन्छ । पेटको अपच एवं अजीर्णको समस्यामा
तुलसीको रसमा सूठो (सुकेको अदुवा) मिसाई खानाले फाइदा गर्दछ ।
बच्चाहरुको पेट बिग्रिएमा पनि यस्तो गरेमा लाभ मिल्दछ ।
वान्ता एवं वाकवाकी
तुलसी, अदुवा र कागतीको रस बराबर मिसाई
केही मात्रा महसमेत राखी चपाउनाले वान्ता रोकिन्छ
एवं वाकवाकी लाग्ने पनि शान्त हुन्छ । तुलसीको
रसमा अलैचीको धूलो मिसाई खाएमा वान्ता रोकिन्छ ।
तुलसीको रसमा दालचिनीको धूलो मिसाएर चाटेमा पनि
वान्तामा लाभ हुन्छ ।
खानाको अरुचि
तुलसी एवं अदुवाको रस बराबर मिसाई भोजनको पूर्व १ चम्चा खाने
गर्दा खानाको अरुचि हट्दछ । तुलसीको बीउमा थोरै
पिप्ला र मह मिसाइ दिनको ३÷४ पटक चाट्नाले भोक जाग्दछ ।
स्वप्नदोष
तुलसीको डाँठ एवं पातलाई पानको पातमा मिसाएर खाने गर्दा
स्वप्नदोषमा लाभ हुन्छ ।
शीघ्र स्खलन
तुलसीको डाँठलाई कुटेर पानको पातमा राखेर १ चम्चा महसमेत
मिसाएर खाँदा शीघ्र स्खलनमा कमी हुन्छ ।
तुलसीको बीउलाई पानको पातमा बेरेर खाँदा पनि यस
समस्यामा फाइदा गर्छ । तुलसीको जरा सफागरी
भिजाउने र उक्त पानी दिनहुँ १–२ गिलास पिउने गर्नाले फाइदा
गर्दछ ।
घाउ खटिरा
तुलसीको पातको रस घाउ खटिरामा लगाउँदा छिटो सञ्चो हुन्छ ।
तुलसीको पात र बेसारको धूलोलाई मिश्रित गरी बनाएको
मलम घाउ खटिरा एवं काटेको ठाउँमा लगाउँदा शीघ्र लाभ मिल्दछ ।
काटेको घाउमा सफा गरी तुलसीको रस राखेमा रगत
थाम्न मद्दत मिल्छ भने घाउ संक्रमण हुन पाउँदैन । तुलसीको
बीउ, नीमको पात र बेसार लिएर पिस्ने, त्यसलाई थोरै
तेल एवं पानी मिसाई पकाउने, पानी सुकिसकेपछि
बाँकी रहेको लेदोलाई घाउ खटिरामा लेपन गर्दा चिलाउने, दुख्ने,
पोल्ने कम हुन्छ ।
नपुंसकता एवं लिङ्ग शिथिलता
तुलसीको बीउ र सख्खर बराबर मिसाई सानो डल्लो
बनाउने र प्रत्येक दिन बिहान बेलुका उक्त सानो डल्लो खाने र लगतै आधा
लिटर दूध ( सम्भव भएसम्म गाईको दूध) एवं २ चम्चा मह मिसाई पिउने ।
करिब ४–५ महिनासम्म यसरी सेवन गर्ने । यसले गर्दा
नपुंसकता एवं लिङ्ग शिथिलता समस्या ठीक हुनसक्छ ।
टाउको दुखाई
टाउको दुखेमा निधारमा तुलसीको रस लगाउने र मेरुदण्डमा पनि
यसको रस लगाएर केही बेरसम्म टाउकोमा हलुका मालिश गर्दा
टाउको दुखेकोमा शीघ्र आराम हुन्छ ।
खोकी
तुलसीको रस, अदुवाको रस र मह मिसाई चाट्ने गर्दा सुख्खा
खोकी ठीक हुन्छ । खकार बढी आउने
खोकीमा पनि दिनको ३÷४ पटक तातो पानी पिएर
अन्तमा बिस्तारै चाट्दै उक्त रस खाँदा खोकी हराउँछ ।
छाती दुखेमा
तुलसीको पात र तोरीको तेल मिसाई पकाउने र त्यसलाई
छातीमा, ढाडमा दल्ने गर्दा छातीमा भएको दुखाइ र
भारीपना कम हुन्छ । दुखाइ के कस्तो छ त्यसको कारणको पनि
उपचार गर्नुपर्दछ ।
दाँत दुखेमा
तुलसीको रस र कपूर तताएर दाँतमा च्यापिराखेमा दाँत दुखाइ
ठीक हुन्छ ।
डण्डीफोर, दाग र पोतोमा
तुलसीको पात वा जरा मसिनो गरी पिस्ने र त्यसलाई
लेदो मलमको रुपमा अनुहारमा लगाउने आधा एक घण्टापछि पखाल्ने गर्दा
अनुहार सफा हुन्छ ।
दुर्गन्धित श्वास
प्रत्येक खाना वा खाजा खाएपछि मुखमा तुसलसीको पात राखेर
धेरैबेर खेलाउँदै चपाउने चुस्ने गर्दा स्वास वा मुख गनाउने ठीक
हुन्छ ।
बच्चाको पेट र छातीको रोग
यदि बच्चाहरुलाई पेट खराब भैरहन्छ भने तुलसीको पात पकाएर
चियाको रुपमा खाने बानी बसाल्ने । यदि घ्यारघ्यार हुने र
खोकी लाग्ने आदि छ भने तुलसीको पातको रस
मनतातो पानीमा मिसाई खान दिनुहोस् ।
चर्मरोग
तुलसी पत्रलाई कागती वा नीमको पातमा
मिसाएर छालाको रोग जस्तैः लूतो, दाद आदि आएको ठाउँमा दिनहुँ २÷३ पटक
लगाउने र सुकेपछि सफा गर्दा शीघ्र लाभ हुन्छ ।
उच्च रक्तचाप र मानसिक तनाव
नित्य खाली पेटमा तुलसीको पत्र मिश्रित चिया पिउने,
बिहान उठी तुलसीको बोटअघि बसेर दैनिक १०–२०
मिनेट ध्यान, प्रणायाम गर्ने र तुलसीको काठबाट बनेको माला
लगाउने गर्दा मानसिक स्वच्छता, प्रसन्नता प्राप्त हुनुको साथै उच्च
उक्तचाप र मानसिक तनावसमेत कम हुन्छ ।
नाथ्री फुटेमा
नाकबाट रगत आएमा २÷३ थोपा तुलसीको पत्रको रसहाल्ने र
निधारमा पनि लेपन गर्ने गर्दा नाकबाट रगत आउने रोकिन्छ ।
____________
ज्ञान बाँड्नु सबैभन्दा ठूलो धर्म हो त्यसैले सबैले लाइक तथा शेयर गर्न
नभुल्नुहोला !!
Click Here
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें