मानिसको आँखाबाट आँसु किन
झर्छ ? यस्तो छ रहस्य जानी राखौ
आँशु किन झर्छ ? यो किन हाम्रो शरीरमा हुन्छ ?
आँशुले हामीलाई के फाइदा गर्छ ? यस्ता प्रश्नहरु
हामी धेरैको मनमा उठ्न सक्छ । अर्थात् यो हाम्रो
जिज्ञासाको बिषय पनि हो । आँशु भनेको हाम्रो
शरीरमा हुने नुनिलो तरल पदार्थ हो । हाम्रो
आँखालाई कोर्निया नामक एउटा पातलो झिल्लीले
घेरेको हुन्छ । आँशुले हाम्रो आँखालाई चिल्लो बनाउन
मद्दत गर्छ । जसले कोर्नियालाई जोगाउने काम गर्छ ।
यसले कोर्नियालाई नियमित रुपमा अक्सिजन र
पोसिला तत्वहरु पुर्याउने काम गर्छ । आँखामा पोषक
तत्वहरु पनि पुर्याउने हुँदा आँशुले हाम्रो देख्ने
क्षमतालाई राम्रो पार्न मद्दत पुर्याइरहेको हुन्छ ।
आँशु उत्पादन गर्ने हाम्रो ग्रन्थी भने हाम्रो आँखा
छोप्ने ढकनीको माथिल्लो भागमा रहेको हुन्छ ।
हरेक पटक हाम्रो आँखा झिम्कँदा त्यहाँबाट आँशु झरेर
आँखाभरी छरिने गर्छ । यसले हाम्रो आँखालाई
ओशिलो बनाउन र आँखा बिजाउने धुलो र अन्य
ब्याक्टेरियालाई आँखाबाट हटाउन पनि मद्दत गर्छ ।
आँशुको ग्रन्थीको सानो डक्ट जसलाई
न्यासोल्याक्मिरल भनिन्छ त्यो हाम्रो आँखाको
माथिल्लो र तल्लो ढकनीमा रहेको सानो दूलोसँग
जोडिएको हुन्छ । त्यहींबाट आँशु हाम्रो आँखामा
पस्ने गर्छ । आँखामा आँशु धेरै मात्रामा जम्मा भयो भने
पनि हामी राम्ररी आँखा देख्न सक्दैनौं । त्यस्तो हुन
नदिन आँखामा आँशु आएको केही बेरपछी नै त्यो
हाम्रो घाँटीमा झर्ने गर्छ र त्यसलाई हामी निल्ने
गछौं । यो प्रक्रिया निरन्तर रुपमा चलिनै रहेको हुन्छ
।
आँशुको केही भाग भने हाम्रो नाकमा पनि आउने गर्छ
। त्यसैले कहिलेकांही रुँदा हाम्रो नाकबाट पनि बग्ने
गर्छ । हाम्रो आँशुमा शरीरले उत्पादन गर्ने बिभिन्न
खालको रसायन र हर्मोनहरु हुन्छन् । हामी दुःखी वा
खुशी हुँदा हाम्रो मस्तिष्क र शरीरले अरु सामान्य
अवस्थाभन्दा धेरै काम गर्न थाल्छ । हाम्रो आँखा
निकै संवेदनशील हुने गर्छ । आँशु नहुँदा सुख्खा भएर
आँखाको ढकनीसँगको घर्षणले पनि त्यसमा चोट
लाग्न सक्छ ।
आँखालाई त्यस्तो हानीबाट जोगाउन पनि आँशु आउने
गर्छ । आँखाको ढकनी बन्द हुने र खोल्ने क्रममा
आँखाको छेउमा रहेका नशाहरुलाई उत्तेजित बनाउँछ
जसले गर्दा हाम्रो आँसुको ग्रन्थीबाट
न्यासोल्याक्मिरल डक्ट हुँदै आँखामा आँशु पस्ने गर्छ ।
आँशु आउने प्रक्रिया हाम्रो नियन्त्रणमा हुँदैन ।
यसलाई हामीले चाहेरपनि कहिल्यै नियन्त्रण गर्न
सक्दैनौ । तर कहिलेकाँही जानीजानी अत्याधिक
रुपमा यसको उत्पादन भने गर्न सक्छौं । (एजेन्सीको
सहयोगमा)
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें