Home » » एपेन्डिसाईटिस के हो? जानी राखौं

एपेन्डिसाईटिस के हो? जानी राखौं

फोटो:-फेशवुकवाट


एपेन्डिसाइटिस के हो ?

> किन हुन्छ र कस्ता लक्षणहरु देखिन्छन ?
=========
> जानकारी शेयर गर्ने गर्नुहोला ता की तपाइको
फेसबुक हेर्नेले पनि केही ज्ञान पाओस.. तपाईलाई काम नलागे
पनि तपाईका आफन्त वा साथीभाईहरुको लागि धेरै महत्व पूर्ण
हुन सक्छ !
==========
एपेन्डिसाइटिस एउटा आकस्मिक अवस्था हो । यसमा एपेन्डिक्स भन्ने
अङ्ग सुन्निएको अवस्थामा हुन्छ । कहिलेकाहीँ त फुटिसकेको
पनि हुन सक्छ ।एपेन्डिक्स मानव शरीरमा पेटभित्र दाहिने
कम्मरको अलि माथि सानो आन्द्रा र ठूलो आन्द्रा जोडिएको भागको पछाडिपट्टि
रहेको अङ्ग हो । यसको उपचार हुन नसके एपेन्डिक्स फुटेर
पेरीटोनाइटिस भएर मृत्यु हुने गरेको पाइन्छ । सन् १८८६ मा
रेगीनाल्डले पहिलोपल्ट एपेन्डिसाइटिसका बारेमा तथ्य बाहिर
ल्याएको पाइन्छ ।
> कारणहरु एपेन्डिक्स एउटा पाइपजस्तो अङ्ग हो । यसको ल्युमेन बिस्तारै
विभिन्न कारणहरुबाट बन्द हुन थाल्छ, र यो सुनिन्छ । सुन्निएपछि यसले
एपेन्डिक्सको भित्तामा चाप दिन्छ । जुन चापका कारण भित्तमा रहेका रगतका
नसाहरु बन्द हुँदै जान्छन् र पीप जम्न थाल्छ । यस्तो
अवस्थामा पनि एपेन्डिक्सलाई अपरेशन गरी ननिकालिएमा यो फुट्न
जान्छ,जसको कारण संक्रमण रगतको माध्यमबाट सम्पूर्ण
शरीरमा फैलिएर मानिसको मृत्यु हुन्छ। एपेन्डिसाइटिस
पश्चिमी मुलुकमा बढी देखिएको छ । यसको कारण
पश्चिम देशहरुमा मासुको बढी प्रयोग हुन सक्ने वैज्ञानिकहरु
बताउँछन्।वंशाणुगत रुपमा पनि एपेन्डिसाइटिस हुने सम्भावना बढी
हुने गरेको पाइन्छ ।
>रोगका लक्षणहरु देखा पर्ने समयको आधारमा एपेन्डिसाइटिसलाई दुई
प्रकारमा विभाजन गर्नु उपयुक्त हुन्छ । एकमा एपेन्डिक्स सुन्निने क्रम
बिस्तारै हुन्छ, जुन पछि आफै ठीक भएर पनि जान सक्छ ।
यसको फुट्ने सम्भावना अत्यन्त कम रहन्छ भने प्रकार दुईमा एपेन्डिक्स
सुन्निने क्रम अन्यन्त तीव्र हुन्छ, जुन चाँडै फुट्ने गर्दछ ।
>लक्षणहरु
१. दुखाइः नाइटोवरिपरिबाट शुरु भएको दुखाइ बिस्तारै दाहिने कम्मरको माथि सर्न
थाल्छ ।
२. उल्टी हुनुः एक वा दुईपटक उल्टी हुन सक्छ

३. साधारणतया १०० डिग्री फरेनहाइटसम्मको साधारण ज्वरो
देखिन्छ ।
४. कहिलेकाहीँ पिसाबमा रगत देखिन पनि सक्छ ।
५. कब्जियत, झाडापखाला अत्यन्त न्यून देखिन्छ ।
>परीक्षण
स्वास्थ्यकर्मीहरुले विभिन्न चिकित्सकीय
परीक्षण गरेर एपेन्डिसाइटिस भए–नभएको पत्ता लगाउनुहुन्छ
।अल्ट्रासाउन्ड, एक्स–रे, सिटी स्क्यान रोग पत्ता लगाउन
सहयोगी हुन्छन्।विभिन्न किसिमका स्कोरिङ प्रणाली
प्रयोग गरी रोगको अवस्था पत्ता लगाइन्छ । यसले एलभाराडो
ज्यान्सकी आदि ।
==========
ज्ञान बाँड्नु सबैभन्दा ठूलो धर्म हो त्यसैले सबैले लाइक तथा शेयर गर्न
नभुल्नुहोला !!




Click Here
Share this video :

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

 
Support : Copyright © 2013. Gaubeshikhabar - All Rights Reserved