Home » » साहित्यकार दियु पौडेलले प्रधानमन्त्रीलाई लेखेको चिठ्ठी अनलाईनमा भाईरल भएपछी. अहिले सम्म ६ लाख १७ हजार ३ सय ५ जनाले हेरेको खुल्ला पत्र).

साहित्यकार दियु पौडेलले प्रधानमन्त्रीलाई लेखेको चिठ्ठी अनलाईनमा भाईरल भएपछी. अहिले सम्म ६ लाख १७ हजार ३ सय ५ जनाले हेरेको खुल्ला पत्र).


प्रधानमन्त्रीलाई चिठ्ठि
नवलपरासी निवासी (हाल मलेसिया) दियु पौडेलले
प्रधानमन्त्रीलाई लेखेको खुल्ला पत्र जुन हाल अनलाइन
मिडियाहरुमा भाइरल बनेको छ,

आदरणिय,प्रधानमन्त्री ज्यु
म एउटा गरिब परिवारको केटो हुँ! मैले तपाईंको नाममा पत्र
लेख्न हुन्थ्यो वा हुन्नथ्यो थाहा छैन । तर
पनि मनैदेखि आफ्नो अभिभावक ठानी यो पत्र कोर्ने
दुस्साहस
गरेकोछु । कृपया केही गल्ती भए
सुरुमै क्षमा चाहन्छु ।
म तपाईलाई कुन नामवाट सम्वोधन गरौं ,मलाई केही थाहा
छैन
तर अहिले द्धन्द र हड्ताल,मारपिटले सॉचै म सहन सक्ने
अवस्थामा रहिन,केही वर्ष पहिले देशलाई मुक्ती र नयॉ
नेपाल वनाउछु भनेर म पनि जंगल पसेको थिए,
खै पसिनाहरु मेरो टिसटमा मात्रै देखिए,
अव मेरो एउटा चाहना छ प्रधानमन्त्री ज्यु !
अहिले म विदेशमा छु ,ओईलीएको सागको मुन्टा संग
एकछाक खाएर वचाएको पैसा पाटीका चन्दाको नाममा
नउठोस्!
घर नजिकैका छिमेकी दाईको १ खुट्टा र एक हात छैनन् तर
पनि रिक्साले पेटभरी मजवुरीको नाममा चलाउने रिक्सा
नजलाईयोस्!!
एउटा भाई पहाडमा वस्छ एउटा भाई मधेशमा वस्छ तिदुवै
विच प्रदेशका आधारमा लडाई नहोस्!!
पहाडको लाली गुँरास र हिमदन्त टल्कने सेता हिमाल देखेर
गर्व गरौं मधेशको हरिया जंगल र नदि देखेर गौरव गरौं!!
विश्वास छ,कुर्सिमा पुगेपछी आफ्नो हैसियत नभुल्नुहोला
,तपाईको हैसियत देशलाई शान्ति दिने हो जुन हर-
कोहिलाई यस्तो हैसियत दिंदैनन्!!
साउदिका वालुवामा उँठ र भेडा लिएर ऑकका पातहरु
टिप्दै हिंड्ने विदेशीलाई सोध्नु ,नेपालको मायॉ कति
लाग्छ भन्ने!!
कतारको चर्को घाममा दिन गन्दै वसेका प्रदेशिलाई सोध्नु
कसरी दिन वित्दै छ!
एकतिर आशु वग्छन् अर्कोतिर हातका ठेला फुटेर वग्छन्
!!
कहिले सम्म विदेश रहने नेपाली युवाहरु,मन्त्री ज्यु
यि लेख्दा पनि मेराहातहरु स्किनमा छोईएका त छन् तर
विडम्वना आशुले पुरै वादल लागेको छ!!
तपाईलाई पनि यस्तै लाग्दो हो यो दियु पौडेल के
लेखिरहेछ!
मलेसियामा दिनकै मरेका लाशहरुलाई सोध्नु तिनीहर के
भन्छन्,मरेपछी पनि भनिरहन्छ मेरो घरमा वुढी आमा हुनुहुन्छ
यसपाली पठाएको पैसाले टिनको पाता किन्नु छ |कसैले
आफ्नो समस्या किनेर ल्याउँदैन ,कसैलाई विदेश वस्न रहर पनि
हुँदैन!!
प्रधानमन्त्रि ज्यु अझै एउटा कुरा भन्न चाहन्छु !
अव जन्मने वच्चाहरुले जन्मिंदै आ-आफ्ना पार्टिका झण्डा
नवोकाईयोस् ,मात्र तिनीहरु जानुन मेरो देश सुन्दर देश
नेपाल!
शान्ति र सुरक्षा संग वस्न पाउन!!
केही दिन अघि म गौशला गएको थिए थुप्रै वच्चाहरु रोडका
किनारमा अनुहार धुलोमैलो अवस्थामा खानको लागी
स्याउ मागिरहेको थियो ,
मैले भने:- वावु भोक लागेको छ?
उसले कठिन जवाफ दियो:- तिन दिनदेखी भोकैछु दाई ?
म उसको जवाफको उत्तर दिन सकिन,जन्मनु हुर्कनु र वढ्नु
सडकको पेटिमा ,
यदि सरकारको ध्यान त्यहॉ गईदिएको भए तिनै सडकका
वच्चाहरु देशका कर्णदार वन्ने थिए!
मन्त्रि ज्यु सायद पजेरोमा चढ्दा यि दृश्यहरु देखिंदैन होला,
पैदल हिड्ने गर्नुस् ,पिडा ,पसिना र आशु कस्तो देखिन्छ सहजै
वुझ्न सक्नुहुनेछ!!
मधेशमा आगो दन्किरहेको छ भारत पारिलो आगो तापि
आनन्द लिईरहेको छ!
के हिमाल,के पहाड,के तराई के मधेश हामी सवै नेपाली
आमाको सन्तती हौं ,हजारौ शुसोभित पुष्पहरु एकै मालामा
उनिएर सुन्दर नेपाल वनाउनु पर्छ?
आदरणिय प्रधान मन्त्रि ज्यु,
कसैका छोरा वोर्डिंग पढ्छन् कसैका छोरा नदिमा ढुँगा
कुट्छन्
अवसर पाए झुपडीका वच्चाहरु पनि ईन्जिनियर
,पाईलट,डक्टर वन्नेछन्,
नेपाल सरकार यो सवै व्यवस्था गर्न नसक्ने होईन तर आफु
आफुमा धन जमाउने जमर्कोमा लागेका छन्!!
गरिवका वच्चाहरु केराको पातमा नुनको झोल पिँउछन्
धनिका वच्चा जन्मिंदै जुस पिँउछन्!
जो जसरी वसेपनि खानु त दुई छाक न हो जिउनु त एउटै
जिन्दगी हो तर फरक यो छ कि कति हाम्रा कारणले खुशि
भए,कति हाम्रो कारणले प्रगति भए!
मन्त्रि ज्यु ,संविधान वन्न १० वर्ष लाग्यो ,वर्ष बर्षमा
मन्त्रिको हेरफेर हुन्छ फेरी दस्तावेज वन्नको लागी कयौ
वर्ष कुर्दा कुर्दै प्रगति र देशको विकास धेरै वर्ष पछाडि
पुग्छ! प्राय:
साहित्यकारहरु लेख्ने गर्छन् गन्तव्यविहिन यात्री
हुवुहु देशको गन्तव्य गरिवी वढ्दै जानु होईन गरिवी कम हुँदै
जानु हुनुपर्छ!
अवका केही वर्षमा कोहि सडकमा सुत्न नपरोस्!!

उहि तपाईको प्रवासी जनता
दियु पौडेल

Share this video :

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

 
Support : Copyright © 2013. Gaubeshikhabar - All Rights Reserved