आजको राशिफल हेर्नुहोस्
=============================================
======
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
पारिवारिक समस्या हल गर्ने दिन हो ।
जीवनसाथी वा बालबच्चासँग कुराकानी
गरी
व्यवहारिक जानकारी लिनु असल हुनेछ । आज
आफूमुनिका नातेदार वा बालबच्चासित
राम्रो व्यवहार गर्नुहोला । अभिभावक वा
इष्टमित्रको शुभकामना प्राप्त गर्न सकेमा
शुभफल प्राप्त हुनेछ । गरेका काममा भाग्यले
साथ दिनेछ । आजका लागि शुभअङ्क ५ र
शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु
पूर्व वा यात्रामा जानु अघि आज ॐ नमो भगवते
वासुदेवाय यस मन्त्रको कम्तीमा ९ पटक जप
गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा
असर पर्नसक्छ । अनाहकमा अरुले गरेका
गल्तीको सजाय आफूले भोग्नु पर्ने अवस्था आउन
सक्छ । अनावश्यक यात्रा हुनेछ । आन्तरिक
समस्या वा मानसिक खिन्नताले सताउन सक्छ
। भनेको कुराले विपरीत अर्थ दिनसक्छ ।
साथीभाइ टाढिन सक्छन् । आजका लागि
शुभअङ्क ३ र शुभरङ्ग रातो हो भने कुनै शुभकर्म
गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गं
गणपतये नमः यस मन्त्रको कम्तीमा २१ पटक जप
गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
तपाईं दूरदर्शिताको सर्वत्र चर्चा हुनेछ ।
मायाप्रेम, रतिराग र भावनात्मक
क्रियाकलापमा आजको समय व्यतीत हुनेछ ।
विपरीतलिङ्गी सहयात्रीबाट प्राप्त
सल्लाहबाट गरिएको कामबाट फाइदा हुनेछ ।
सन्तानपक्षको सहयोग मिल्नेछ । समय राम्रो
छ, प्रशंसा, बढुवा वा जिम्मेवारी मिल्ने
देखिन्छ । साझेदारीमा फाइदा छ । आजका
लागि शुभअङ्क ९ र शुभरङ्ग छिर्केमिर्के बुट्टे हो
भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु
अघि आज ॐ कें केतवे नमः यस मन्त्रको कम्तीमा
७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
मनमा शान्तिको अनुभूति हुनेछ ।
सिर्जनात्मकता र व्यवहारिकतातर्फ मन
आकर्षित हुनेछ । घरायसी समस्या समाधान गर्न
सकिने छ । माया र प्रेमको वातावरण तैयार
हुनेछ । तर्क, विवाद र झैझगडा जस्ता क्षेत्रबाट
लाभ मिल्नेछ । आज आमा वा मामाको
आशीर्वादले काम गर्न सक्छ । आजका लागि
शुभअङ्क ७ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म
गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ
मृत्युञ्जयाय नमः यस मन्त्रको कम्तीमा २३
पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
अध्ययन, अध्यापन र लेखनकार्यमा उच्च सफलता
प्राप्त हुनेछ । व्यावहारिक र प्राविधिक
काममा विशेष सफलता प्राप्त हुनेछ । बौद्धिक
क्रियाकलापप्रति झुकाव बढ्ने छ । भाइबहिनी
र छोराछोरीले सहयोग गर्नेछन् । पठनपाठन र
बौद्धिक गतिविधिका कारण मानसम्मान र
प्रतिष्ठामा बढोत्तरी हुनेछ । आजका लागि
शुभअङ्क ७ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म
गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शं
शनैश्चराय नमः यस मन्त्रको कम्तीमा २३ पटक
जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
खर्चको मात्रा ह्वात्तै बढ्न सक्छ । शरीरमा
आलस्य जाग्नेछ । प्रतिफल प्राप्त नहुने क्षेत्रमा
लगानी हुनसक्छ । तपाईंले चिताएको काममा
अप्ठ्यारा र चुनौतीको सामना गर्नुपर्छ ।
विपरीतलिङ्गी साथीबाट मानसम्मानमा
आघात पुग्न सक्छ । मन पापमतिमा आकर्षित हुन
बेर लगाउँदैन, संयम हुनुहोला । आजका लागि
शुभअङ्क ५ र शुभरङ्ग पहेंलो हो भने कुनै शुभकर्म
गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बृं
बृहस्पतये नमः यस मन्त्रको कम्तीमा १९ पटक जप
गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
सामाजिक काममा संलग्न हुनुपर्ला । धार्मिक/
सामाजिक काममा प्रशंसित हुने अवसर प्राप्त
हुनेछ । दाजुभाइ वा नजिकका मित्रबाट विशेष
सहयोग र सुख प्राप्त हुने देखिन्छ । पेसाव्यवसाय
वा रोजगारीका क्षेत्रमा सम्मान र साख
जोगाउन सकिने छ, आकाङ्क्षा पूर्ण हुनेछन् ।
मेवा मिष्ठान्न र परिकार मिल्नेछ । आजका
लागि शुभअङ्क ३ र शुभरङ्ग सिन्दुरे रातो हो भने
कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि
आज ॐ हं हनुमते नमः यस मन्त्रको कम्तीमा २३
पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
अचल सम्पति बेचबिखन गर्ने वा दीर्घकालिक
लगानी गर्नु फाइदाजनक नभए पनि दैनिक
कारोबारबाट फाइदा नै हुनेछ । पारिवारिक र
घरायसी जीवनमा विभिन्न समस्या देखापरे ता
पनि तिनलाई सजिलै समाधान गर्नुहुनेछ ।
साझेदार वा सहयोगीको साथ पाइने छैन,
त्यसैले व्यस्त रहेर दिन व्यतीत हुनेछ । दूरदराजमा
रहेको स्थान अथवा विदेशबाट सुखद समाचार
आउने छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग
सफा र चम्किलो हो भने कुनै शुभकर्म गर्नु पूर्व
वा यात्रामा जानु अघि आज ॐ शुं शुक्राय नमः
यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ
गर्दा लाभ प्राप्त हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
मन उत्ताउलो र चञ्चल भए पनि आजको दिन
राम्रो छ । यद्यपि क्रोध, प्रतिशोध, रिसराग र
उत्तेजना माथि नियन्त्रण गर्नु राम्रो हुनेछ ।
नियमित तथा दैनिक कामधन्धा र व्यवसायबाट
राम्रो फाइदा हुनेछ । गुमेको वा सापटीमा
गएको धन फिर्ता आउनेछ । बौद्धिक र
प्राज्ञिक क्षेत्रमा समेत राम्रो छ । आजका
लागि शुभअङ्क ४ र शुभरङ्ग हरियो हो भने कुनै
शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज
ॐ बुं बुधाय नमः यस मन्त्रको कम्तीमा ८ पटक
जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
अहिलेको समय तपाईंको पक्षमा छैन । सुखी र
विलासितापूर्ण जीवन व्यतीत गर्न मन
लालायित हुनेछ । भोगविलास र शृङ्गारिक
सामाग्री खरिद गर्न धन खर्च हुनेछ ।
मातापिता र अभिभावक वर्गसँगको सम्बन्धमा
तिक्तता आउन सक्छ । घुमघाम र मनोरञ्जनका
क्रममा निराशा भोग्नु पर्छ । यात्राको योग
छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग हलुका
रातो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा
यात्रामा जानु अघि आज ॐ कुलदेवताभ्यो नमः
यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ
गर्दा लाभ प्राप्त हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
साथीभाइ र नातेदारबाट उपयोगी सल्लाह र
सहयोग प्राप्त हुनेछ । शारीरिक
प्रतिस्पर्धाका कामतिर मन जानेछ । विगतका
कमीकमजोरीलाई बेवास्ता गर्दै मन प्रसन्न
बनाएर काम गर्नुहोला, सफलता तपाईंको
मुट्ठीमा छ । रोकिएका सरकारी काम
सुल्झाउने राम्रो समय छ । आम्दानीमा कमी
आउने छैन । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग
गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा
यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै
यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ
गर्दा लाभ प्राप्त हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
विभिन्न जिम्मेवारी निर्वाह गर्नुका साथै
दौडधूप गर्नु पर्नेछ । यात्रा रमाइलो हुनेछ ।
उपहार प्राप्त हुने सम्भावना छ । स्वास्थ्यमा
अचानक सानो समस्या देखिन सक्छ, तर
डराइहाल्नु पर्दैन । आफन्तहरूबाट भनेजस्तो
सहयोग नपाइएला, तर काममा बाधा हुनेछैन ।
साथीहरूसित मनोरञ्जनको अवसर जुर्नेछ ।
आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो वा
घिउरङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा
यात्रामा जानु अघि आज ॐ नमः शिवाय यस
मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ
गर्दा लाभ प्राप्त हुनेछ ।
( द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल
वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो
कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना
गर्नु पर्दछ र परोपकारी/सामाजिक भावना
राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ
वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ
धेरै शुभफल प्राप्त हुनेछ ।)
सर्वाधिकार(Copyright) © २००९ ' ज्योतिषसाथी ' -
ज्योतिषसाथीको कार्यालय, इटहरी-१,
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें