दुई शिर भएको बच्चा जन्मियो, शरीर
भने एकै
एजेन्सी
बङ्गलादेशमा एउटा यस्तो बच्चीको जन्म भएको छ, जसको
दुईवटा टाउको छ। शरीरको बाँकि भाग भने सामान्य बच्चाको झै छ।
यो बच्चीको जन्म बङ्गलादेशको ब्रह्मानबारिया जिल्लाको एक
अस्पतालमा भएको थियो, तर स्वास लिन समस्या देखिएकाले ढाका स्थित एक
अस्पतालमा भर्ना गरियो।
बच्चीको दुवै शिर पुरा विकासत नै छ। दुवै मुखले
खाइरहेकी र दुवै नाकले स्वास फेरिरहेकी उनको
पिता मिया जमाल अच्चमित हुदै बताउँछन्।
ढाका स्थित स्ट्याण्डर्ड अस्पतालका डाक्टर अबु कवसर बच्ची
यस्तो अवस्था देखेर अच्चमित छन्। दुई शिर भएर पनि सामान्य बच्चा झै
व्यवहार देखेर यो निकै अनौठो केस भएको डाक्टर बताउँछन्।
बच्चीको अर्को शरिरको विकास डिसफालिक पारापागसको कारणले
नभएको डाक्टर बताउँछन्। यो एक दुर्लभ ‘मेडिकल डिसअर्डर’ हो, जुन १
लाख बच्चा मध्ये १ बच्चामा देखिन्छ। यस्तो अवस्थामा जन्मने ६० प्रतिशत
बच्चाको जन्मना साथ मृत्यु हुन्छ। तर यो बच्ची भने सुरक्षित
छिन्। बच्चीको भविष्यलाई लिएर भने डाक्टर चिन्तित भएका छन्।
पछिल्लो बर्ष भारतमा पनि यस्तै एक बच्चाको जन्म भएको थियो। तर जन्मेको
२० दिन पश्चात सो बच्चाको मृत्यु भयो। उक्त बच्चाको पनि दुई शिर र शरिर
एकै थियो।
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें