Home » » प्रदेश माग्दै सर्लाहीमा चुरेभावरको शक्ति प्रदर्शन

प्रदेश माग्दै सर्लाहीमा चुरेभावरको शक्ति प्रदर्शन


प्रदेश माग्दै सर्लाहीमा चुरेभावरको शक्ति प्रदर्शन
===================================
सर्लाही, मंसिर ५ - चुरे भावर राष्ट्रिय एकता पार्टी
नेपालले चुरे भावर प्रदेशको माग गर्दै सर्लाहीको
हरिवनमा शक्ति प्रर्दशन गरेको छ ।
पार्टीसँग भएको सम्झौता अनुसारको चुरे भावर प्रदेश
निर्माण, भारतले लगाएको नाकाबन्दी तत्काल
फिर्ता हुनु पर्ने, राष्ट्रिय एकता र अखण्डता कायम
राख्नु पर्ने र जातीय सदभाव कायम राख्नु पर्ने माग
गर्दै शक्ति प्रर्दशन गरेको हो । शक्ति प्रर्दशन
सभालाई संबोधन गर्दै पार्टी अध्यक्ष बद्रीप्रसाद
न्यौपानेले भारतले आफ्नो स्वार्थ पुरा गर्न मधेसवादी
दलहरुको काँधमा बन्दुक हानेर नेपाली नागरिकलाई
दुख दिने काम गरिरहेको भन्दै मधेसी दललाई
होसियार हुन सचेत गराउनुभयो । उहाँले आफ्नो स्वार्थ
पुरा गर्न नेपाली मतियारहरुको काँधमा बन्दुक राखेर
नेपाली नागरिकलाई दुख दिने कार्य उचित नभएको
भन्दै तराईमा मधेसवादी दलहरुमात्रै नभई चुरेभावर
राष्ट्रिय एकता पार्टी समेत रहेको हेक्का राख्न
चेतावनी दिनुभयो ।
‘भारतीय राजदुत रञ्जित रेले सुन्नुपर्छ, मधेसमा
मधेसीहरुमात्रै छैनन । चुरे भावर राष्ट्रिय एकता
पार्टी
नेपाल पनि छ । होस गरे हुन्छ ।’ उहाँले भन्नुभयो
‘कसैको काधमा बन्दुक राखेर आफ्नो स्वार्थ पुरा गर्न
नाकाबन्दी गर्नु उचित भएन ।’
उहाँले राजदुत रेले नाटक गरेर नाकाबन्दी नगरेको
बताईरहे पनि यो नाकाबन्दी नै भएकोले त्यसको
विरुद्धमा आफ्नो पार्टी अघि बढ्ने चेतावनी
दिनुभयो । पार्टीका प्रवक्त केपी निरौलाले
राजमार्गदेखि दक्षिण मधेस प्रदेश दिने प्रचण्डको
प्रस्तावको विरोध गर्दै यसरी भाग लगाउने प्रचण्ड
को हो भनि प्रश्न गर्नुभयो । भारत र मधेसी मोर्चाले
नाकाबन्दी अन्त्य नगरे चुरेभावरको शान्ति सेनाले
रक्सौलमा गएर नाका खुलाउने बताउनुभयो ।
उज्यालो अनलाइन

Share this video :

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

 
Support : Copyright © 2013. Gaubeshikhabar - All Rights Reserved