डा बाबुराम भट्टराईले पार्टी छोडेर
आत्मघाती काम गरे :
उपप्रधानमन्त्री रायमाझी
५ मंसिर, पोखरा ।
उपप्रधानमन्त्री तथा ऊर्जा मन्त्री टोपबहादुर रायमाझीले
द्रुत मार्गबाट काम गरेर एक वर्षभित्र देशलाई विद्युत् भार
कटौती मुक्त गरिने बताएका छन ।
एकीकृत नेकपा (माओवादी) कास्कीका कार्यकर्ताहरुसँग
आज भएको भेटघाटमा उनले देशमा वैकल्पिक ऊर्जाको
विकासबाट इन्धनको क्षेत्रमा उथलपुथलको परिवर्तन गर्ने र
१० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य
रहेको जानकारी दिए ।
जलविद्युत् उत्पादनको क्षेत्रमा एक महिनामा नयाँ
आधारभूत परिवर्तन आउने र देशमा तीन वर्षे ऊर्जा
सङ्कटकाल घोषणा गरिने मन्त्री रायमाझीले उल्लेख गरे ।
उनले डा बाबुराम भट्टराईले पार्टी छोडेर आत्मघाती काम
गरेको र उनले जनता, राष्ट्र र पार्टीलाई समेत धोका
दिएको आरोप लगाए ।
आफ्नो ४२ वर्षे राजनीतिक जीवनमा ३२ वर्ष डा बाबुराम
भट्टराईसँग काम गरेको अनुभव सुनाउँदै एकीकृत नेकपा
(माओवादी)का नेता मन्त्री रायमाझीले पार्टी
परित्याग गर्ने बेलामा डा भट्टराईले आफूलाई कुनै
जानकारी नदिएको बताए ।
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें