हस्त रेखा विज्ञानका ज्ञाताहरु
हातको बुढी औंलाको बनावट अध्यन गरेर स्वभाव र
भविष्यबारे धेरै कुरा भन्न सकिने बताउँछन् ।
बुढी औंलाको बनौट
हाम्रो हातको बुढी औंला तीन
भागमा बाँढिएको हुन्छ । प्रथम भाग सबै भन्दा माथिल्लो,
दोश्रो मध्यम र अन्तिम भाग । यदि कुनै
पनि ब्यक्तिको बुढी औंलाको माथिल्लो भाग लामो छ भने
ब्यक्ति दृढ इच्छा शक्ति भएका र आत्म निर्भर हुन्छन् ।
यस्ता ब्यक्ति स्वतन्त्रतापूर्वक निर्णय र काम गर्ने हुन्छन् ।
यिनीहरु काममा सफल मात्र होइन आर्थिक हिसावले
पनि समृद्ध हुन्छन् ।
यदि बुढी औंलाको पहिलो भागमा रेखा सोझा छन् भने
यस्ता ब्यक्तिलाई धनको कमी हुँदैन ।
यस्ता ब्यक्ति विश्वसनीय र इमान्दार हुन्छन् ।
जसको बुढी औंलामा क्रश रेखा हुन्छ
त्यस्तो ब्यक्ति खर्चालु हुन्छन् र समस्यामा पनि पर्छन् । मध्य
भाग यदि कुनै पनि ब्यक्तिको बुढी औंलाको मध्य भाग
लामो छ भने यिनीहरुको प्रगती छिटो हुन्छ
र दिमाग पनि तेज हुन्छ । समाजमा मान प्रतिष्ठा समेत कमाउँछन् ।
यदि बुढी औंलाको मध्यभागमा गोलाकार चिन्ह छ भने
यस्ता ब्यक्ति बहस गर्न सिपालु हुन्छन् । यदि कुनै
ब्यक्तिको बुढी औंलाको मध्यभागमा त्रिभुजको आकार ५
भने यस्ता ब्यक्तिले बिज्ञानको क्षेत्रमा सफल हुन्छन् । तर
यो भागमा जालीको चिन्ह छ भने यस्ता ब्यक्तिको चरित्र
खराव हुन सक्ने बताइन्छ । ज्योतिष शास्त्रका अनुसार
बुढी औंला सुन्दर हुने ब्यक्ति बुद्धीमान र
चतुर हुन्छन् । यिनीहरु चुतर्याइँपूर्वक काम सम्पन्न
गर्छन् । कुनै पनि ब्यक्तिको बुढी औंलाको तल्लो भाग
निक्कै लामो छ भने यस्ता ब्यक्ति कामुक हुन्छन् ।
बुढी औंला छोंटो र मोटो हुने ब्यक्ति असभ्य र अरुलाई
गाली गर्ने प्रवृत्तिका हुन्छन् । यिनीहरु
अरुलाई हानी गर्न पनि पछि पर्दैनन् ।
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें