Home » , » नेपालको संविधानलाई सम्बोधन गर्ने भारतको प्रस्ताव जापानद्वारा अस्वीकार

नेपालको संविधानलाई सम्बोधन गर्ने भारतको प्रस्ताव जापानद्वारा अस्वीकार


नेपालको संविधानलाई सम्बोधन गर्ने भारतको प्रस्ताव
जापानद्वारा अस्वीकार

१ पुस, काठमाडौं । नेपालको संविधानप्रति चिसो र
अदासीन रहँदै आएको भारत आफ्नो अडानमा जापानको
अनुमोदन हासिल गर्न असफल भएको छ । जापानी
प्रधानमन्त्री सिन्जो आबेको हालै सम्पन्न भारत भ्रमणको
अन्त्यमा जारी संयुक्त वक्तव्यमा नेपालको संविधानको
‘अपूर्णता’ लाई सम्बोधन गर्ने भारतको आग्रह जापानले
अस्वीकार गरेको थियो ।
नेपालको आन्तरिक मामिलाबाट टाढा रहँदै आएको
जापानले भारतले आग्रहलाई आफ्नो त्यही मान्यताअनुरुप
अस्वीकार गरेको छ ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भारतले जापानी
प्रधानमन्त्रीको भ्रमणमा नेपालको संविधान अपूर्ण रहेको
भन्ने आसयसहितको वक्तव्य जारी गर्ने संकेत पाएपछि
कूटनीतिक च्यानलबाट जापानसमक्ष त्यसो नगरिदिन
नेपालले आग्रहसमेत गरेको थियो ।


Share this video :

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

 
Support : Copyright © 2013. Gaubeshikhabar - All Rights Reserved