Home » » कॉक्रोमा पाईने फाईदाहरु:-

कॉक्रोमा पाईने फाईदाहरु:-

स्वास्थ्यका गुणकारी काक्रो

काँक्रोमा प्रशस्त मात्रामा पानी हुने हुनाले यसको प्रयोगले
शरीरमा पानीको मात्रालाई कायम राख्ने गर्दछ। यसका
साथसाथै यसको प्रयोगले शरीरमा भएको नुन, युरिनको मात्रालाई कम
गर्न पनि मद्दत गर्दछ। यसका साथसाथै यसका अनेक फाइदाहरू छन्।
– जोर्नी दुखाईबाट छुटकारा दिलाउन मद्दत गर्दछ।
– शरीरमा कोलेस्ट्रोलको मात्रालाई कम गर्न मद्दत गर्दछ।
– शरीरको तौल घटाउन भरपुर मद्दत गर्दछ।
– शरीरमा पाचनशक्तिलाई वृद्धि गर्न तथा उपयुक्त रुपमा
पाचनक्रिया गराउन यसले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ।
– टाउको दुख्ने, अल्छीपना हटाउने एवं तनावबाट मुक्ति दिलाउन
मद्दत गर्दछ।
– शरीरमा पानीको र मिनरल(खनिज)को मात्रालाई
कायम राख्न मद्दत गर्दछ।
– शरीरका क्यान्सरजस्ता रोग विरुद्धको प्रतिरक्षा
प्रणालीलाई वृद्धि गर्न मद्दत गर्दछ। यसले
शरीरमा क्यान्सर रोगबाट बच्न मद्दत गर्दछ।
– काक्रोमा सिलिकाको मात्रा बढी हुने हुनाले यसले कपाललाई
चिल्लो, चम्किलो र सिल्की बनाउन मद्दत गर्दछ।
– यो मुधमेहका विरामीका लागि पनि राम्रो उपचार हो। यसले
मधुमेहका विरामीका लागि अहम् भूमिका खेल्छ।
– रक्तचाप नियन्त्रण गर्ने काम गर्दछ।

Share this video :

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

 
Support : Copyright © 2013. Gaubeshikhabar - All Rights Reserved