आजदेखि नेपालसम्मत ११३६ सुरू
कात्तिक २६ नेपाल सम्वत ११ सय ३६ सुरु भएको
छ। नेपाल सम्वत सुरु भएको खुशियालीमा बिहिवार विभिन्न
कार्यक्रम गरिएका छन्। नेवारी समुदायले काठमाडौ, भक्तपुर,
ललितपुर लगायतका जिल्लामा आफ्नो सांस्कृतिक पहिचान झल्कने
गरी विभिन्न कार्यक्रम गरेको छ।
सरकारले नेपाल सम्वतलाई राष्ट्रिय मान्यता दिएका कारण नेपाल सम्वत सुरु
भएको खुशियालीमा गरिएका कार्यक्रममा व्राम्हण
क्षेत्री लगायतका समुदाय पनि सहभागी भएका छन्।
नेवार समुदायले काठमाडौको वसन्तपुर, भक्तपुरको मध्यपुर ठिमी र
ललितपुरको पाटनमा गरेको कार्यक्रममा प्रधानमन्त्री
केपी शर्मा ओली र सरकारका मन्त्री,
विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता
सहभागी भएका छन्।
नेपाल सम्वतका प्रवर्तक शंखधर साख्वालाई २०५६ सालमा राष्ट्रिय विभूति
घोषणा गरेको सरकारले नेपाल सम्वतलाई २०६५ सालमा राष्ट्रिय मान्यता दिएको
थियो। राष्ट्रिय मान्यता दिएपनि सरकारले नेपाल सम्वत्लाई खासै महत्व
नदिएको नेवार समुदायका अगुवाहरुको भनाइ छ। प्रधानमन्त्री
केपी शर्मा ओलीका सामु नेवार समुदायका अगुवाहरुले
नेपाल सम्वतलाई राष्ट्रिय मान्यता दिएर मात्र नपुग्ने भन्दै नेपाल भाषालाई
सरकारी कामकाजको भाषा बनाउन माग गरे।
उनीहरुले संविधानमा नेपाल भाषाको संरक्षण र विकास गर्ने
कुरालाई बेवास्ता गरिएको गुनासो गरे।
कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा
ओलीले भने मुलुकमा धेरै जातजाति र भाषाभाषीको
बसोवास रहेको अवस्थामा सरकारले कुनै एउटा भाषा विशेषलाई मात्र प्राथमिकता
दिनु व्यवहारिक नहुने बताए। उनले नेपाल सम्वतको प्रयोगलाई
व्यवहारिक बनाउन भने सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए।
लिच्छवीकालिन राजा राघवदेवको पालामा काठमाडौका
व्यापारी शंखधर साख्वाले सबैलाई ऋणबाट मुक्त गरेको
खुशियालीमा विक्रम सम्वत ९ सय ३६ बाट नेपाल सम्वत मनाउन
थालिएको इतिहासमा उल्लेख छ।
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें