Home » » तपाईको आयु थाहा पाउनुस आफ्नै निधार हेरेर...

तपाईको आयु थाहा पाउनुस आफ्नै निधार हेरेर...

प्रकृतिले
हरेक मानिसलाई फरक फरक बनाएको छ । सबैको कद र
अनुहारको बनौट फरक छ । कसैको अग्लो कद छ त कसैको होँचो ।
कसैको अनुहार गोरो छ भने कसैको कालो ।
समुन्द्र शास्त्र अनुसार मानिसको अनुहार हेरेकै
भरमा पनि उसको विषयमा धेरै कुरा बताउन सकिन्छ ।
आनी बानी मात्र होइन अनुहारबाटै
आयुको विषयमा समेत अनुमान लगाउन सम्भव रहेको समुन्द्र
शास्त्रको दावी छ ।

यसै कारण शरीर लक्षण विजानले निधारमा देखिने
साना साना रेखालाई पनि महत्वपूर्ण मानेको छ । निधारमा देखिने
रेखाका आधारमा मानिसको उमेर र आयु अनुमान गर्न सकिन्छ ।
कुनै पनि ब्यक्तिको निधारमा रहेको शुभ रेखाले २५ प्रतिशत आयु
वृद्धी गर्छ । अशुभ रेखाले त्यति नै आयु कम गर्ने
बताइन्छ । तपाइँको निधारमा हेरेर आफै आफ्नो अनुहार अनुमान
गर्न सक्नु हुन्छ ।

ज्योतिषका अनुसार जुन ब्यक्तिको निधारमा २ पूर्ण रेखा हुन्छ
त्यस्तो ब्यक्तिको आयु ६० वर्ष हुन्छ । यदि रेखा एकदम स्पष्ट
छ भने यस्ता ब्यक्तिले जीवनमा धन र सुख प्राप्त
गर्छन् ।
तर रेखा काटिएको छ भने
चाँहि यस्ता ब्यक्तिको जीवनमा दुःख आइ लाग्छ ।
आर्थिकरुपमा पनि यिनीहरुको जीवन कठिन
नै हुन्छ ।

यदि कुनै ब्यक्तिको निधारमा ३ रेखा छन् भने यस्ता ब्यक्तिको आयु ७५
वर्ष जति हुन्छ । यदी निधार उस्केको छ भने
यस्ता ब्यक्तिले नाती पनाती समेत देख्छन्
। यस्ता ब्यक्तिको जीवन सुखमय हुन्छ ।
निधारमा ४ रेखा हुने ब्यक्तिको आयु पनि ७५ वर्ष जति नै हुन्छ र
५ रेखा हुने ब्यक्ति भने १०० वर्ष सम्म जिउँछन् ।
यदि कुनै ब्यक्तिको निधारमा ५
भन्दा पनि बढी रेखा हुन्छ भने त्यस्ता ब्यक्तिको आयु
मध्यम हुन्छ । रेखा नै नहुने ब्यक्तिको अल्पायु हुन्छ ।

Share this video :

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

 
Support : Copyright © 2013. Gaubeshikhabar - All Rights Reserved