कात्र्तिक ६
महेन्द्र राजमार्गको निजगढ–
हेटौंडा सडकखण्डको तीन नम्बर पुल
नजिकै बस, ट्रक र ट्यांकर आपसमा ठोेक्किंदा ६
जनाको मृत्यु भएको छ ।
आज बिहान
वीरगञ्जबाट हेटौंडातर्फ
आइरहेको ना४ख १५४४ नम्बरको बससग ना३ख
६२८५ नम्बरको र ना२ख८७११ नम्बरको ट्यांकर
ठोक्किएको थियो । ट्रक र ट्यांकर ओभरटेक गर्ने
क्रममा बससग
ठोक्किएको प्रत्यक्षदर्शीले बताएका छन्
।
दुर्घटनामा परि ५ जनाको घटनास्थलमै र १
जनाको नारायणी अस्पताल
वीरगंजमा उपचारको क्रममा मृत्यु
भएको हो । मृत्यु
हुनेमा खुटुवा पसौवी गाविसका २२
वर्र्षीय अमृतकुमार साह,
बारा मनोहरा ७ की ५७
वर्षीय कुन्तादेवी दाहाल,
बसका चालक बुनियाद गाविसका ७ का सर्वजितप्रसाद
यादव छन् । यस्तै
धादिङ घर भई वीरगंज विद्युत
प्रधिकरणमा कार्यरत ४५ वर्षीय
लक्ष्मी तामाङ र उनका १२
वर्षीय छोरा प्रवेश तामाङको पनि मृत्यु
भएको छ । अन्दाजी ५५
वर्षीय महिलाको भने सनाखत हुन
सकेको छैन ।
दुर्घटनामा २६ जना घाइते मध्ये ३
जनाको दुगौडी अस्पतालमा र १५
जनाको चितवन भरतपुर अस्पताल र ७
जनाको वीरगंजमा अस्पतालमा उपचार
भइरहेको छ भने ५ जना गंम्भीर घाइते
छन् ।
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें