घरमा पालेको बाख्रोले मान्छेको अनुहार भएको पाठो जन्माएपछि
एक किसान परिवारलाई लाजमर्नु भएको छ । गाउँलेहरुले
बाख्राधनी किसानमाथि बाख्रीलाई
गर्भिणी बनाएको आरोप समेत लगाएपछि ठूलै
काण्ड मच्चिएको मात्र छैन बाख्राधनी किसान
परिवारले त्यस्तो आरोपको खण्डन समेत गर्नुपरेको छ ।
घटना अर्जेन्टिनाको हो ।
अर्जेन्टिनाको सेन्ट्रो क्षेत्रमा रहेका एक किसानको बाख्राले
प्रसुतिको समय नै नपुगी मान्छेको अनुहार जस्तै
भएको पाठो जन्माएपछि त्यसले ठूलै हंगामा मच्चायो ।
यद्यपि बाख्राले मरेको तथा जिउ नै राम्ररी विकशित
नभएको पाठो जन्माएको थियो र ती किसानले तत्कालै
त्यो पाठोलाई गाडेका थिए । तर एक जना छिमेकीले
त्यो पाठो जन्मिने बित्तिकै त्यसको फोटो खिच्न भ्याएछन् र
त्यसलाई अनलाइनमा समेत राख्न भ्याएछन् ।
त्यसपछि त के चाहियो र ? त्यसले ठूलै चर्चा पायो । कतिपय
गाउँलेले त्यो बाख्रीका मालिक परिवारका पुरुष
सदस्यले बाख्रीमाथि करणी गरेको र
मानिसबाटै गर्भिणी भएका कारण
बाख्रीले त्यस्तो बच्चा जन्माएको भनेर
हौवा फिँजाउन पुगे ।
मान्छेको अनुहार जस्तै भएको पाठो पाउने
त्यो बाख्रीकी मालिक्नी ओल्गा
आफ्नो परिवारमाथि लागेको त्यस्तो घृणित आरोपको सख्त
खण्डन गर्दै त्यो बाख्रीमाथि कसैले
पनि त्यस्तो करणी नगरेको दाबी गरेक
।
त्यो पाठो जन्मिदा नै मरिसकेको र त्यसलाई देख्न नसकेर
आफुहरुले खाल्डोमा पुरेको भन्दै उनले किटनाशक
औषधिको अत्यधिक प्रयोगले त्यस्तो उत्परिवर्तन
भएको बताइन् ।
Home »
अनौठो संसार
» मान्छेको अनुहार
भएको बाख्रो जन्मियो
मान्छेको अनुहार भएको बाख्रो जन्मियो
Posted by Diyu poudel
Posted on 9:11 am
with No comments
लेबल:
अनौठो संसार
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें